आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मौसमसम्बन्धि आयो यस्तो नयाँ अपडेट, बाहिर निस्किनुअघि एकपटक पढ्नुहोस

प्रकाशित
373
SHARES

काठमाडाैं । मनसुन सक्रिय भएसँगै आज पनि देशभर वर्षा जारी छ। मनसुनी वायुकै प्रभावले शनिबार दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।

‘प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तो छ तीन दिनको पूर्वानुमान

असार १२ गते शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

असार १३ गते आईतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ।

असार १४ गते सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै उता सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ। अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर निरन्तरको वर्षा र कटानका कारण मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए।

राईका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारणले ढलेको हो। यसअघि अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढलेको थिएन।

प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन्। असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन्। त्यस्तै ४०० भन्दा बढी घर बिस्थापित भएका छन्।

निरन्तर वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा हालै बाढीले पुर्‍याएको क्षतिको व्यवस्थापन र राहतकार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । शुक्रबार एमाले वाग्मती प्रदेश कमिटीको प्रतिनिधिमण्डललाई भेट गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोकको विपत्ति मानवीय संकट भएको प्रधानमन्त्री ओलीले बताए । ‘यस कुरामा कसैले राजनीति गर्न हुन्न, मानवीय हिसाबमै जानुपर्छ,’ उनले भने ।

ओलीले पुल बगाएको स्थानमा बेलिब्रिज व्यवस्था गर्ने बताए । बाढीको पूर्वसूचना दिन साइरन राख्ने, कटान रोक्न तारजाली लगाउनुका साथै पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गरिने उनको भनाइ छ ।

‘त्यस्ता ठाउँमा दाताहरू पुगेका छन्, उनीहरूलाई त्यहाँ के चाहिएको छ भन्ने थाहा छैन । लगेर चाउचाउ बाँडेपछि केटाकेटी खुसी होलान् । तर त्यहाँको आवश्यकता त्यो हो कि होइन भन्ने बुझ्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पुनर्निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरेका थिए ।

यसै गरी विस्थापित ४ सय परिवारको अस्थायी बसोबासका लागि प्रतिपरिवार ८ बन्डल जस्ता उपलब्ध गराउनुपर्ने, नदी किनारका बजार संरक्षण र पुन: व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गर्नुपर्ने, भत्केका घरको पुनर्निर्माण र पुरिएका घरलाई मर्मत–सुधार गराउनुपर्ने, भत्केका मोटर बाटो तत्काल मर्मत गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

सिन्धुपाल्चोकमा असारयता अविरल वर्षापछि उत्पन्न बाढीपहिरोका कारण १६ जनाको मृत्यु हुनुका साथै ४ सय परिवार विस्थापित छन् । सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ, ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगेका छन् ।

प्रतिक्रिया