आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गल्ती स्वीकार गरि माफ मागे ओलीलाई स्वीकार गर्छौँ- माधव नेपाल

प्रकाशित
385
SHARES

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपि शर्मा ओलीलाई माफी मागेर मिल्न आए स्वागत गर्ने बताएका छन् ।आज मिडियाकर्मी सँग कुरा गर्दै उनले देश जोगाउने जिम्मेवारी राजनीतिक दल र मिडियाकर्मीको समेत भएको बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा नेता नेपालले आफुहरु अहिले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको हातेमालो आवश्यक रहेको बताएका हुन् ।

‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो’नेता नेपालको भनाइ छ ।उनले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने बताए ।

उनले प्रधानमन्त्रीले हालसम्म गरेका कर्तुत सबैको हिसाव जनताले राखिरहेको पनि जिकिर गरे । उनले भने अहिले मानिस चेतनशिल भएको छ जनताको चेतना स्तर वृद्दि भएको छ शुशान कायम गर्न संविधानको संरक्षण गर्ने वेलामा ओलीको अहंकारले निम्तयाएको संकटको लेखाजोखा जनताले गर्ने बताउदै उनले यदि यी सबै कुराको हिनताबोध भएर माफी मागे ओलीलाई स्वीकार गर्ने उनले बताए ।

प्रतिक्रिया