आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२० मन्त्री पदमुक्त भएको २ दिन बितिसक्यो, प्रधानमन्त्री ओलीलाई अहिलेसम्म छैन अत्तोपत्तो

प्रकाशित
1K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाबाट मन्त्री बनाएका २० जना मन्त्रीहरु सर्वोच्च अदालतको आदेशले पदमुक्त गर्यो । संसद् विघटनपछि कामचलाउ सरकारले गरेको २० मन्त्रीको नियुक्तिलाई ०७८ असार ८ गते बदर गरिदिएपनि अदालतभन्दा केही मिटर मात्र पर रहे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई भने यसबारे अहिलेसम्म अत्तोपत्तो छैन् ।

सर्वोच्चको फैसला देश तथा विदेश सबैतिर पुगिसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमा पदमुक्त उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई २०७८ असार १० गते १० बजेसम्म पनि जिम्मेवारीमै रहेको देखाएको छ ।

प्रतिनिधिसभा विघटनपछि सरकारले गत जेठ २१ र २७ गते दुई पटक आफ्नो मन्त्रिपरिषद् विस्तार गरेको थियो । जसमा विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री तथा खगराज अधिकारी गृह, शरतसिंह भण्डारी ऊर्जा जलस्रोत तथा सिँचाई, अनिलकुमार झा, खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसङ्‌ख्या, राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, नैनकला थापा सञ्‍चार तथा सूचना प्रविधि, ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास, विमलप्रसाद श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक विकास, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद, नारद मुनि राना वन तथा वातावरण, गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासन, मोहन बानिया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्नेगरी मन्त्री नियुक्त भएका थिए ।

चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी विकलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो । अदालतको आदेशसँगै यी सबै मन्त्री पदमुक्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रीहरूको सूची अद्यावधिक नगरे पनि अदालतको फैसला भने कार्यान्वयनमा आइसकेको छ । केही मन्त्रीले क्वार्टर र सुविधा छाडेका छन् ।

प्रतिक्रिया