आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मलाई त्यही केटी चाहिन्छ भने झैँ राष्ट्रपतिले मलाई यही प्रधानमन्त्री चाहिन्छ भन्नुभो

प्रकाशित
635
SHARES

काठमाडाैँ । प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । यसै क्रममा अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। बहस गर्ने क्रममा उनले राष्ट्रपति संविधानभन्दा बाहिर जान खोजेको बताएका हुन्।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न आधार प्रस्तुत गर्न दलको समर्थन आवश्यक नपर्ने स्पष्ट भएको उनले बताए। ‘ओलीको बहुमत छ, अरूको छैन भन्ने राष्ट्रपति को होर ?’ बन्दीले भने, ‘मलाई त्यही केटी चाहिन्छ भने झैँ राष्ट्रपतिले मलाई यही प्रधानमन्त्री चाहिन्छ भन्नु भएको छ।’

संविधान अनुसार विधि पुगेर प्रधानमन्त्रीको दाबी गर्नेलाई राष्ट्रपतिले इन्कार गर्न नपाउने बन्दीले तर्क गरे। प्रतिनिधि सभा विघटन सिफारिस र विघटन मध्यरातमा गरिनु गलत भएको उनले बताए। मध्यरातमा सिफारिस र विघटन गरेको घटनाले नियत प्रष्ट भएको उनले बताए। ‘दुवैतिर नाम परेका सांसदलाई बोलाएर छलफल गर्न सकिने थिएनरु दुवैतर्फको दाबी परेपछि राष्ट्रपतिबाट परामर्श लिने कार्य पनि गरिएन’, उनले भने।

‘विश्वास गुमाएको प्रधानमन्त्रीले ७६ (३) अनुसार विघटन गर्ने अधिकार कहाँ दिन्छरु विश्वासको मत पाउने आधार प्रस्तुत गर्न सकेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छु, उनले भने, ‘१३६ भए बहुमत पुग्नेमा १४९ जनाको हस्ताक्षर छ। यहाँ भन्दा बढी आधार चाहिने राष्ट्रपतिलाई आधार के होरु राष्ट्रपति संविधान बाहिर गएको देखियो।’

जेठ ७ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसअघि केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेकोमा उनले ती दुवै दाबी खारेज गरिदिएकी थिइन्।

प्रतिक्रिया