आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

१ अर्ब ३३ लाखको भ्रष्टाचार काण्ड बाहिरिएपछि देशभर तरंग

प्रकाशित
612
SHARES

काठमाडाैँ ।  १ अर्ब ३३ लाख रुपैयाँको भ्रष्टाचार प्रकरण सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँको भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सरकारले २०७१ सालमा गठन गरेको कर फर्छ्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

उनीहरुले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका बेला कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको स–प्रमाण पुष्टि भएको अख्तियारले बताएको छ ।

प्रतिक्रिया