आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साउन ५ देखि रोकिएका परिक्षा सञ्चालन

प्रकाशित
445
SHARES
A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT

काठमाडौं । त्रिभुवन विश्वविधालयले निषेधाज्ञाका कारण रोकिएका स्नातक तहका परिक्षा साउन ५ गतेबाट सुरु गर्ने तयारी थालेको छ ।
साउन ५ गतेबाट स्नातक दोस्रो बर्षको रोकिएका आधा परिक्षा संचालन गरिने र साउन १० गते देखि पुरानो प्रथम बर्षको परिक्षा संचालन गर्ने तयारी थालिएको हो ।
परिक्षा सम्वन्धी छलफल अझै पनि जारी छ हामीले साउन ५ बाट थाल्ने प्रयास थालेका हौँ परिक्षा नियन्त्रक पुष्पराज जोशिले बताए उनले भने आन्तरीक रुपमा परिक्षा मिति र तालिकाको छिनोफानो हुने क्रममा छ बाहिर तालिका प्रकाशित भईसकेको छैन अहिल्यै भ्रममा परिहाल्नु पर्दैन ।
त्रिभुवन विश्वविधालयको आधिकारीक सूचना चाँडै निक्लिने छ ।यो पनि पढ्नुहोस्घर मालिकले तल्लो जात भन्दै रुपा सुनारलाई कोठा नदिएको आरोप चलिरहँदा नेवार समुदायको छाता संगठन नेवाः देयले यो सुनियोजित रुपमा भएको सड्यन्त्र भनि विज्ञप्ती निकालेको छ .

नेवाः देय दबू जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पेशा,चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको जनाएको छ । घर पेशा र चालचलन सोध्दैमा कोठा नदिएको भनेर प्रकाउ गरिनु सुनियोजित भएको र अनावश्यक आछेप लगाईएको देय ले विज्ञप्तीमा लेखेको छ ।

अध्यक्ष मचाराज महर्जनले जारी गरेको विज्ञत्तिमा भनिएको छ, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि करार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं कामी भएर नदिने भनेको हो ? भन्दै आफू कुरा बढाएर फोन रेकर्ड गरी मिडियाकर्मी भन्दै शक्तिको दुरुपयोग गरी घरधनीलाई सुनियोजित रुपमा अतिरञ्जित गरेको देखिन्छ ।’

विज्ञप्ती निकाल्दै संगठनले घरमालिक सरस्वती प्रधानको तत्काल रिहाईको माग गरेको छ ।

 

प्रतिक्रिया