आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाको डेल्टा प्लस भेरीयण्टबारे विज्ञले भने- भ्याक्सिन र प्रतिरोध क्षमता दुबैलाई चक्मा दिन सक्छ

प्रकाशित
1.1K
SHARES

कोरोनाको डेल्टा भेरीयण्टले नै दोस्रो लहरलाई व्यापक बनाएको थियो जसलाई B.1.617.2 भनिन्छ । अहिले आएर डेल्टा भेरीयण्टको नयाँ म्युटेशन डेल्टा प्लस AY.01 भारतमा तीव्र रूपमा बढी राखेको छ र जानकारहरुले डेल्टा प्लसले भ्याक्सिन र प्रतिरोध क्षमता दुबैलाई चक्मा दिन सक्ने तिर सङ्केत गरेका छन् ।

एकातिर कोरोनाका सङ्क्रमणको दरमा कमी आइरहेको छ भने अर्को तिर यो अझै भयावह पनि हुँदै छ । डेल्टा भेरीयण्टको नयाँ म्युटेशन डेल्टा प्लस AY.01 तीव्र रूपमा फैली रहेको छ जसले भ्याक्सिन र प्रतिरोध क्षमता दुबैलाई चक्मा दिन सक्छ । भारतका प्रमुख भाईरोलोजिस्ट शाहीद जामिलले यस प्रकारको सङ्केत गरेका छन् ।

भाईरोलोजिस्ट शाहीदका अनुसार यो डेल्टा प्लसले भ्याक्सिन , प्रतिरोध क्षमता र कोरोनाको इन्फेक्सनबाट विकसित प्रतिरोध क्षमतालाई पनि धोखा दिन सक्छ ।

के हो डेल्टा प्लस भेरियण्ट ?

डेल्टा प्लस AY.01 कोरोना भाइरसको यस्तो विकसित रूप हो जसमा दोस्रो लहरमा देखिएको डेल्टा भेरीयन्टका सबै विशेषताहरू मौजुद छन् र त्यसमा दक्षिण अफ्रिकामा बिटा भेरीयण्टमा देखिएको K417N नामको म्युटेसन सँग मिल्ने विशेषता पनि थपिएको छ ।

अल्फा र डेल्टा भेरीयन्ट भन्दा भ्याक्सिन र प्रतिरोध क्षमतालाई झुक्क्याउन बिटा भेरीयन्ट चलाख छ । यही तथ्यमा टेकेर दक्षिण अफ्रिकी सरकारले एस्ट्राजेनेको भ्याक्सिन फिर्ता गरेको थियो ।

यसैबीच कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाले खोप अभियानलाई तीव्रता दिने तयारी गरेको छ । सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले अब छिटै नै मुलुकका राज्यहरुमा ठूलो संख्यामा कोरोना खोप पठाइने बताएका हुन् ।

अष्ट्रेलियामा राज्यहरुले यसअघि नै केन्द्र सरकारलाई खोप आपूर्ति बढाउन आग्रह गरेका थिए । ‘उनीहरुले अतिरिक्त खोपहरु पाउँदैछन्, जुलाई महिनामा फाइजरबाट थप खोप आएसँगै यो संख्या अझै बढ्नेछ’, मौरिसनले भने । यद्यपि उनले कुन राज्यले कति खोप पाउँछन् भन्ने खुलाएनन् ।

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरुले खोप कार्यक्रमले आगामी अगष्टबाट तीव्रता पाउन सक्ने बताएका छन् । अहिले अष्ट्रेलियामा फाइजर र एस्ट्राजेनेकाको दुई कोरोना खोपलाई अनुमति दिइएको छ । जसमध्ये उसले फाइजरको खोप अन्य मुलुकबाट ल्याउनुपर्छ भने एस्ट्राजेनेकाको खोप स्थानीयरुपमा नै उत्पादन गर्दै आएको छ ।

अधिकारीहरुका अनुसार यसै महिनामा अष्ट्रेलियामा फाइजरको २३ लाख डोज खोप आउनेछ भने आगामी महिनामा ३४ लाख डोज खोप आउन सक्ने अनुमान छ । अहिलेसम्म अष्ट्रेलियामा समग्रमा ६५ लाख डोज कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ । अष्ट्रेलियाका चार प्रतिशत मानिसले मात्र कोरोना खोपको पूरा डोज पाएका छन् । कम्तीमा एक डोज खोप पाउनेको संख्या २५ प्रतिशतभन्दा धेरै छ ।

प्रतिक्रिया