आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बल्ल खुल्यो दीपक मनाङ्गे रातारात युटर्न हुनुको रहस्य, यस्तो पो रहेछ खास कुरा

प्रकाशित
658
SHARES

काठकाडाैँ । पूर्वगुण्डा नाईके तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीपक मनाङ्गेको चर्चा सेलाएको छैन् । जेठ २७ मा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गरेका विश्वासको प्रस्ताव असफल बनाउन मूख्य भूमिका खेले यता स्वतन्त्र सांसद दीपक मनाङ्गे प्रदेशभित्र मात्र होइन केन्द्रीय राजनीतिक वृत्तमा समेत चर्चामा छन् ।

तत्कालीन एमाले नेतृत्वको सरकारमा दुई पटक मन्त्री बनिसकेका मनाङ्गेले एकाएक गुरुङको साथ छोडेर विपक्षी गठबन्धनलाई साथ दिएपछि उनको चर्चा चुलिएको हो । मनाङ्गेको मत कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकार गठनका लागि निर्णायक थियो ।

त्यसैले मनाङ्गेलाई गण्डकी प्रदेशको राजनीतिमा यतिखेर गेमचेञ्चरका रुपमा हेरिएको छ । उनको साथले विपक्षी गठबन्धनको सरकार मात्र बनेन प्रदेश सभा विघटन गर्ने केपी शर्मा ओली पक्षको योजना पनि चकनाचुर भयो । यसले गर्दा मनाङ्गेको राजनीतिक हाइट पनि एकाएक बढेको छ ।

मनाङ्गेको युटर्नको कारण यस्तो पो रहेछ

अपराधिक पृष्ठभूमिबाट राजनीतिमा सिफ्ट भएका मनाङ्गेको चतुर्याइपूर्ण युटर्नलाई स्वभाविक मान्न नसकिने विज्ञहरु बताउछन् । श्रोतको अनुसार मनाङ्गेलाई गुरुङको साथ छोडेर विपक्षी गठबन्धनमा ल्याउने काममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल परिवारको मूख्य हात रहेको छ । दाहालकी पुत्री तथा स्वकीय सचिव गंगा दाहालको एक फोन कलपछि नै मनाङ्गे विपक्षी गठबन्धनलाई साथ दिन सहमत भएको स्रोतको दाबी छ । विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री पोखरेलले गठन गरेको प्रारम्भिक क्याबिनेटमा मनाङ्गे पनि छन् ।

मनाङ्गेले दाहाल परिवारकै आडमा महत्वपूर्ण मन्त्रालयमा दाबी गरिरहेको बताइएको छ । आइतवार मनाङ्गे आफैंले दाहाल निवासमा भएको भेटघाटबारे सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । दाहालसँगको भेटमा अबको राजनीतिक सहकार्यबारे महत्वपूर्ण छलफल भएको समेत मनाङ्गेले उल्ल्ेख गरेका छन् ।

माओवादीलाई युवाको पार्टी बनाउने अभियान

अहिलेसम्म राजनीतिक रुपमा खासै चर्चामा नआएकी गङ्गा दाहाल राजनीतिमा पनि निकै माहिर रहेको उनी निकट स्रोतको दाबी छ । यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच संवादको वातावरण बनाएर धेरैपटक राजनीतिक दुर्घटना टार्न महत्वपूर्ण भूमिका गंगाले नै खेलेको स्रोतको जिकिर छ ।

तत्कालीन प्रतिगमन बिरुद्दको आन्दोलनमा पनि गंगाकै पहलमा नेत्रविक्रम चन्दका पुत्र डा प्रकाश चन्दलाई खुमलटारमै बोलाएर भेटघाट गराइएको थियो । उक्त भेटघाटले राजनीतिक वृत्त र सामाजिक सञ्जालमा नयाँ तरङ्ग छरिदिएको थियो ।

पछिल्लो समय माओवादीले युवा शक्तिहरुलाई एकीकृत गर्ने अभियानलाई अघि सारेको छ । यो पनि गंगाकै योजना र समन्वयमा भएको बताइएको छ ।

केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारीमा रहेको माओवादी केन्द्रले ४० वर्षमुनिका युवालाई प्राथमिकता दिने निर्णय नै गरेको छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने भएको हो । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुनेछ । नयाँ सङ्गठन निर्माणको तयारीमा रहेको माओवादीमा अब थप हुने ९९ केन्द्रीय सदस्य अधिकांश ४० भन्दा कम उमरेका हुने संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले बताउनुभयो ।

केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत र दलितलाई १५ प्रतिशत कोटा छुट्याइएको पनि उहाँ जानकारी दिए । कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ का अनुसार २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको छ ।

प्रतिक्रिया