आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली रहुनञ्जेल विपक्षी सबैको पार्टी एउटै हो – प्रचण्ड

प्रकाशित
512
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सत्ताच्युत नगरेसम्म विपक्षी गठबन्धन एकै पार्टी झैँ बस्ने बताएका छन् ।

आज बिहान बसेको माओवादी केन्द्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनले विपक्षी गठबन्धनलाई एकै ढिक्का बनाएको र गठबन्धन नटुट्ने बताएका हुन् ।

पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाइने बताएका छन् । हामी हामी बिच फाटो आउदैन एकढिक्का भएर लाग्ने छौँ विभाजनको त कुरै आउदैन प्रचण्डले भने हाम्रो एकता कायम रहन्छ ढुक्क रहनुहोस् ।

यसअघि निर्वाचन आयोगले आफ्ना प्रतिनिधीलाई केन्द्रिय कमिटीको बैठकले कारवाही गर्नुपर्ने बताएपछि आज नै बसेको बैठकले माओवादीका १४ जनप्रतिनिधीलाई कारबाही गर्ने निर्णय गरेको छ । कारवाहीमा पर्नेमा माओवादीबाट एमाले प्रवेश गर्ने र पार्टीको ह्विप उल्लङ्घन गर्ने रहेका छन् ।

प्रतिक्रिया