आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

योग दिवसका अवसरमा प्रम ओलीको यस्तो शुभकामना

प्रकाशित
355
SHARES

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छैठौ योग दिवसको अवसरमा योग साधनालाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न आग्रह गरेका छन् । सन् २०१५ मा संयुक्त राष्टसंघले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा घोषणा गरेपछि यो दिनलाई योग दिवसका रुपमा मनाउन लागिएको हो ।
छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीसँग जुधिरहेको बेला योगको सान्र्दभिकता झनै बढेको बताए । वर्तमानमा आचार,विचार,आहार, व्यायाम र उच्च आत्मबल महत्त्वपूर्ण विषय भएको उनले स्मरण गराएका छन् । यस्ता विषयमा योग शास्त्रले ज्ञान दिँदै आएको उनको भनाई छ ।

‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगलाई समेत महत्व दिनु आजको आवश्यकता भएको उनको भनाई छ । जीवनशैलीलाई परिवर्तन गरेर निरोगी बन्न सक्ने उनको विश्वास छ । योग दिवसको अवसरमा जारी विज्ञप्तीमा भनिएको छ, ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा छ। शारीरिक एवं मानसिक रुपले स्वस्थ र निरोगी नागरिक यसका मुख्य आधार हुन्।’

प्रतिक्रिया