आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जे नहुनु थियो त्यहि भयो ! राष्ट्रपति सी ले लिए कडा एक्सन, थाले यस्तो तयारी, अबे के गर्छन ओली ?

प्रकाशित
3K
SHARES

काठमाडाैँ । नेपालमा पटकपटक बाह्य हस्तक्षेप हुदैँ आएको छ । नेपालका नेताहरु विदेशीको इसारामा चल्ने गरेको आरोपहरु समेत लाग्दैँ गरेका छन् । यसैबीच, चीनले नयाँ दाउ अघि सारेको विश्लेषकहरु बताउछन् ।

नेपालको कुटनीतिमा असफल भएको भन्दै चीनले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई फिर्ता बोलाउने भएको छ । कार्यकाल सकिएपनि नेकपाको विवाद मिलाउन भनि एक वर्षदेखि प्रयत्न गरिरहेकी यान्छीलाई चीनले अब भने फिर्ता बोलाउने बहेको छ ।

एकातिर कोरोना महामारी र अर्कातिर नेकपा भित्र चर्किएको विवादका कारण बिचैमा बोलाउन उपयुक्त नठानेको चीनले भने नेपालका लागि अर्को राजदूत पर्हाउने तयारी गरेको छ । यान्छीलाई भने दक्षिण कोरिया पठाउने तयारी चिनिया कम्युनिस्ट पार्टीले थालेको छ ।

यान्छी राजदूतको रूपमा नेपाल आएको तीन वर्ष पुगेको छ । यसअघिका राजदूतहरूको दुई वर्षमै कार्यकाल सकिने गरेको थियो । राजदुत यान्छीलाई राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण लगत्तै फिर्ता बोलाउने तयारी गरेपनि सो समय उपयुक्त नभएको भन्दै चिनिया कम्युनिस्ट पार्टीले केहि समय उनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

सत्तासिन दल नेकपाभित्रको विवादका बेला निकै खटिएर पनि कुटनीतिक रूपमा सफल नभएपनि चीनबाट थुप्रै टोलीहरू नेपाल आएर उनलाई सघाएका थिए । पछिल्ला गतिबिधिका कारण चीनले नेकपा एकता कायम रहन नसक्नुलै पनि राजदूत यान्छीको कार्यशैलीसँग जोड्ने गरेको छ। अहिले यान्छीको भूमिका नेपालमा कमजोर देखिएको विश्लेषण समेत चिनिया कम्युनिस्ट पार्टीले गरेको छ ।

यान्छीको दौडधुपले केही नेकपा विवाद समाधान हुने आशा गरिएपनि भारतीय भूमिकालाई कुटनीतिक रूपले परास्त गर्न नसकेको निष्कर्ष चीनले निकालेको स्रोतको दाबी छ । यान्छीको पछिल्लो दवावका कारण प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी उनीसंग रुष्ट बनेको कारण पनि यान्छीलाई काम गर्न नेपालमा अफ्ठ्यारो परेको महसुस चीनले गरेको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले राजदुत यान्छीलाई गर्ने ब्यवहारमा पनि पहिले जस्तो नभएको यान्छीले ब्रिफिङ गरिसकेकी छन् । नेकपा विवाद भईरहँदा यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा ठूलो दलको नेताका हैसियतमा र पहिलो नेताको रुपमा पनि पार्टी एकजुट बनाउन र विवाद मिलाउन आवश्यक परे प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक पद छोडेर भएपनि तयार हुनुपर्ने सन्देश दिएकी थिइन् । त्यसपछि राष्ट्रपति र प्रधानमन्त्री उनीसंग सन्तुष्ट छैनन् ।

कैयौं पटक बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न खोज्दा समय नै नदिएको र सल्लाहकारहरूलाई भेट्न लगाएको कारण पनि यान्छीले अपमानित भएको ब्रिफिङ गरेकी छन् । उनका लागि बालुवाटार या शित्तलनिवासमा अहिले सहज पहुँच छैन । अर्कातिर यान्छीकै दवावका कारण ओलीले भारतसंग हात बढाएको चर्चा छ ।

यान्छीको ठाउँमा भने चिनिया राष्ट्रपति सी आफैले उपयुक्त पात्र तयार गरेको र नेपाल पठाउने तयारी गरेको स्रोतको दाबी छ । भारतसंग निकट भएकैले पनि चीनले नेपाललाई खास दृष्टिले हेर्ने गरेको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ