आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्व माओवादी नेता रायमाझीले आफू कुन पार्टीमा छु भन्ने कुरा भुसुक्कै बिर्सिएपछि…

प्रकाशित
1.9K
SHARES

काठमाडौँ। नेपालको राजनीतिले कतिबेला कुन मोड लिन्छ भन्न नसकिने र त्यसबारे विश्लेषण गर्न समेत गाह्रो रहेको राजनीतिक विश्लेषकहरु बताउने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधीसभा विघटन गर्दा साथ दिएका नेताहरु माओवादी केन्द्रमा फर्किने तयारी गरेका समाचारहरु पनि आइरहेका छन् ।

अहिले एमालेमा रहेका पूर्वमाओवादी नेताहरुकै दुईथरी अभिव्यक्ती र गतिविधीका कारण उनीहरु माओवादीमै फर्किन लागेका समाचार आउनुलाई स्वभाविक नै मान्न सकिन्छ ।

यतिबेला पूर्व माओवादी सांसदद्वय टोपबहादुर रायमाझी र प्रभु शाहलाई आफू कुन पार्टीमा रहेको पनि थाहा छैन् । मन्त्री खान पाइन्छ भनेर एमालेतिर लागेका उनीहरुलाई माओवादी पार्टीले त कारबाही गरिहाल्यो । यता एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पनि उनीहरुलाई प्रयोग मात्र गरेर छाडिदिए । यी दुई नेतालाई अहिले एमालेतिर लाग्नु चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भने जस्तो भएको छ ।

हिजो दिउँसो निर्वाचन आयोगमा पुगी उनीहरूले आफुहरुलाई आयोगले कुन पार्टीको सदस्यको रूपमा हेरिररहेको छ बताइदिन भनेका थिए । रायमाझी र शाहले के कारण माओवादीले केन्द्रीय समितिबाट हामी हटाइयौं भनी आयोगका पदाधिकारीसँग सोधेको स्रोतको दाबी छ ।

अर्कोतिर एमालेको पनि लात पाएका उनीहरूले आफ्नो नाम एमालेको केन्द्रीय कमिटीमा दर्ता छ कि छैन भन्ने जानकारी पदाधिकारीसँग मागेको आयोगका पदाधिकारीले बताएका छन् । महाधिवेशन आयोजक कमिटीमा मनोनित भएका पूर्वमाओवादी नेताहरुको नाम निर्वाचन आयोगले अहिलेसम्म एमालेको केन्द्रीय कमिटीमा दर्ता गरेको छैन । यो सर्वविदितै छ ।

फागुन २८ गते उनीहरुलाई नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनयन गरेकै दिन एमाले केन्द्रीय कमिटी भंग भई दशौं महाधिवेशन आयोजक कमिटी बनेको कारण तपाईंहरुको नाम एमाले पार्टीमा छैन भनी आयोगका पदाधिकारीले बताएको स्रोत बताउँछ । घरको न घाटको भई फालिएको थाहा पाएपछि नेताद्वय निधारको पसिना पुछ्दै आयोगबाट बाहिरिएका थिए ।

प्रतिक्रिया