आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी र प्रचण्डलाई छाडेर बादलले ओलीलाई नै साथ दिने गरे यस्ताे निर्णय

प्रकाशित
1K
SHARES

काठमाडाैँ  । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एउटा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले २०७५ साल भदौको २१ देखि २४ सम्म भारतको भ्रमण गरे ।

भ्रमणमा जानुअघि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनले गृहमन्त्री रामबहादुर थापा ुबादलुलाई निकालेर अर्को गृहमन्त्री नियुक्त गर्न आग्रह गरे ।

स्रोतको दाबीअनुसार प्रचण्डले ओलीसँग भनेका थिए, ुम दिल्ली जाँदै छु । यहीबेला केही मन्त्री हेरफेर गर्नुस्, त्यसक्रममा बादललाई हटाउनुस । म आएपछि ए म दिल्ली जाँदा केके पो भएछ, मलाई थाहा थिएन भनिदिन्छु ।

त्यतिबेला प्रचण्डले गृहमन्त्रालयबाट बादललाई हटाएर जनार्दन शर्मालाई राख्न चाहेका थिए । राजनीतिका चतुर खेलाडी मानिएका ओलीले प्रचण्डको आग्रहलाई ुहुन्छ, म हेरौंलाु भनेर टारिदिए । त्यसपछि प्रचण्ड दिल्ली हानिए ।

इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सको निमन्त्रणामा प्रचण्ड एक्लै दिल्ली पुगेका थिए । प्रचण्डसँग नेकपाका कुनै नेता गएनन् । प्रचण्डले दिल्लीमा राष्ट्रप्रमुखले पाउने खातिरदारी पाएका थिए । उनले भेटको शुरुवात मोदीका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबाट गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, तत्कालीन गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, विपक्षी दलका नेताहरू र पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई भेटेका थिए ।

दिल्लीमा प्रचण्डले हिन्दूस्तान टाइम्स र द प्रिन्टलाई अन्तर्वार्ता दिए । द प्रिन्टसँगको अन्तर्वार्तामा प्रचण्डले आफूलाई भविष्यको प्रधानमन्त्री रहेको आशयका साथ खुलेर कुरा गरेका थिए ।

केही सहमति नभएको भए पार्टी एक किन हुन्थ्यो र रुु अन्तर्वार्ताका क्रममा प्रचण्डले भनेका थिए । त्यसपछि द प्रिन्टकी पत्रकारले सोधिन: ‘त्यसो भए म भोलिको प्रधानमन्त्रीसँग कुरा गर्दै छु ?

जवाफमा प्रचण्डले भनेका थिए: ुतपाईंले त्यस्तो सोच्न सक्नुहुन्छ, तर यो कुनै मुद्दा होइन ।

दिल्लीमा प्रचण्डलाई दिइएको सम्मान र प्रचण्डसँग लिइएको अन्तर्वार्ता देखेपछि बालुवाटारमा बेचैनी छायो । त्यसको केही महिनाअघि मात्र दिल्ली भ्रमण गरेका ओलीलाई लाग्यो: दिल्लीले प्रचण्डलाई मलाई भन्दा बढी महत्त्व दियो ।

अनि कुरा बिग्रिन थाल्यो ।

प्रचण्ड दिल्लीबाट फर्किसकेपछि ओलीले बादललाई बोलाएर भने, ‘प्रचण्डले त तपाईंलाई हटाउन खोज्नुभएको थियो । तपाईंहरूको सम्बन्ध किन बिग्रियो, मैले त उहाँकै सिफारिसमा तपाईंलाई गृहमन्त्री बनाएको थिएँ ।’

प्रचण्डले आफूलाई हटाउन ओलीलाई आग्रह गरेको कुराले बादल अवाक् बने । बादलले त्यसपछि क्रमैसँग प्रचण्डले विगतमा आफूमाथि गरेका अन्याय सम्झिन थाले ।

खासै त्यस्तो त केही थिएन, किन मलाई हटाउन खोज्नुभएको रहेछ रु म कुरा गर्छु, बादलले भने ।

त्यसपछि ओलीले भने, ‘अहिलेलाई म केही निर्णय लिन्न । तपाईं यथावत हुनुहुन्छ, ढुक्क हुनुहोस् ।’ यता बादल र उता वामदेव गौतमलाई साथ लिएर सचिवालयमा बहुमत पुर्याउने ओलीको कदम त्यहींबाट शुरू भयो ।

ओलीको भनाइबाट बादल आश्वस्त भएर मन्त्रीक्वार्टर फर्के । त्यसपछि बादलको मनमा पुराना कुराहरू खेल्न थाले ।

जनयुद्धकै समयमा पनि आफूमाथि प्रचण्डले कारवाही गरेकोदेखि लिएर तत्कालीन माओवादी पार्टी फुट्दासम्मका घटनाक्रम सम्झेपछि बादल प्रचण्डप्रति झन् कठोर हुनुपर्ने निष्कर्षमा पुगे । बादल बिस्तारै ओलीसँग नजिक हुँदै गए ।

बादल २०७४ सालको फागुनमा गृहमन्त्री भएपछि आम जनताले धेरै अपेक्षा गरेका थिए । तर बादलले अपेक्षाकृत ढंगले काम गर्न सकेनन् ।

बादलनिकट स्रोत भन्छ, ‘बादलले काम गरेका हुन्, तर गृहमन्त्री बन्न नपाएपछि जनार्दन शर्माको समूह बादलमाथि जाइलाग्यो । काम नै नगरेको भन्दै प्रचारमा उत्रियो । त्यतिमात्र होइन, बादलसँग ठेकेदारहरू रिसाए । ठेकेदारका नाइके थिए प्रचण्डका घरबेटी । तिनलाई कारवाही नगर्न प्रचण्डको उर्दी आएको थियो ।’

स्रोतका अनुसार ठेकेदारलाई जसरी पनि कारवाही गर्नुपर्छ भनेर बादलले अड्डी लिएपछि प्रचण्ड मैले बनाएको गृहमन्त्री मैसँग ठूलो हुने भन्दै मुर्मुरिएका थिए ।

त्यतिमात्र नभएर यातायात सिण्डिकेटधारीहरूलाई कारवाही गर्न तत्कालीन यातायातमन्त्री रघुवीर महासेठले रोके । निर्मला हत्याकाण्डमा यो या त्यो रूपबाट बादललाई नै बदनाम गर्ने कोशिस गरियो ।

बादलले आफूमाथि अवरोध गर्नेहरू सबैलाई प्रचण्ड र जनार्दनको कार्यकर्ता देख्न शुरू गरे । त्यसपछि उनले ओलीलाई नै साथ दिने मनस्थिति बनाएका थिए ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा राजनीतिक ढंगले विभाजित भयो । बादलले अन्तिमसम्म पनि आफ्नो साथ दिने अपेक्षा गरेका प्रचण्ड तब निराश भए, जब बादल बालुवाटारमा बसिरहेको केन्द्रीय कमिटीको बैठकमा पुगे र क्रान्तिकारी भाषण गरे ।

प्रतिक्रिया