आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतीय धावक मिल्खा सिंहको निधन

प्रकाशित
818
SHARES

भारतीय धावक मिल्खा सिंहको निधन भएको छ। कोरोना भाइरसको सङ्क्रमण भएपछि उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९१ वर्षिया उनको चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रबार राति साढे ११ बजे निधन भएको हो। उनलाई मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।

जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो । यसपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको हो ।

पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो।श्रीमतीसँग मिल्खा सिंह स्वतन्त्र भारतका पहिलो धावक थिए जसले १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए। उनी भारतीय सेनामा पनि थिए। सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् ।

प्रतिक्रिया