आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा थपिए २ हजार ४०१ कोरोना संक्रमित, कति जनाको भयो मृत्यु ?

प्रकाशित
790
SHARES

काठमाडौँ । नेपालमा शनिबार थप २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणका क्रममा १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणका क्रममा ७१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएका छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । यसैगरी, थप ३ हजार ६६० संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइसोलेशन र ४४१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टिजेन परीक्षण गरिएको छ ।

प्रतिक्रिया