काठमाडाैँ । मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।
तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ । हामीलाई फेसबुक, युट्युबमा पनि तपाईले फलो गर्न सक्नुहुनेछ ।
१. गाली आकाशमा फालिएको एउटा ढुंगा जस्तै हो जुन फेरी फर्किएर आफै माथी आउछ ।
२. जसको आखामा घमण्डको पर्दा हुन्छ उसले न त अरुको गुण देख्छ न त आफ्नो बैगुण देख्छ ।
३. नराम्रो काम यसकारणले बढ्ने हैन कि त्यसमा धेरै बल छ, यसकारणले बढ्छ किनकि मान्छेले त्यसलाई सहने गर्छन् ।
४. आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ ।
५. बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ, ढुंगा जस्तो हैन जो अरुको बाटो पनि रोकिदिन्छ ।
६. मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, एक पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी ।
७. दुनियाले बिरोध गर्यो भन्दैमा नडराउनु किनकि जुन रुखमा फल लाग्छ मान्छेले त्यसैमा ढुंगा हान्ने गर्दछन् ।
८. एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।
९. मान्छेको सम्मान ति शब्दले हुदैन जुन उसको उपस्थितिमा भन्ने गरिन्छ, मान्छेको सम्मान त ति शब्दले हुन्छ जुन उसको अनुपस्थितिमा भन्ने गरिन्छ ।
१०. नदीमा खस्दैमा मृत्यु हुदैन, मृत्यु तब हुन्छ जब पौडिन आउदैन, ठिक त्यसैगरी कुनै पनि परिस्थिति आफैमा समस्या हुदैन, समस्या त तब बन्छ जब तिमीलाई सम्हाल्न आउदैन ।
नोट ः तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।
प्रतिक्रिया