आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्ततः एमाले बन्यो एकढिक्का, यी हुन् सबै कुरा मिलाएरै छाड्ने नायक

प्रकाशित
891
SHARES

काठमाडौँ। नेकपा ९एमाले०भित्रको सबै विवाद मिलेको छ । दोस्रो तहका नेताहरूले विवाद समाधानका लागि निरन्तर गरेको छलफलबाट एउटा सहमति कायम गरेका छन । यद्यपी उनीहरूले सहमति बाहिर सार्वजनिक गरेका छैनन् । सहमति निर्माणमा सहभागी भएका सदस्यहरूले व्यक्ति रूपमा अन्य घटनाक्रम नथपिए केही दिनमा एमाले एकताको सन्देश दिने बैठक बस्ने जानकारी दिएका छन ।

दोस्रो तहका नेताहरूको यो सहमतिमा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ नेता मानेर आफ्नै सरकार ढाल्न संसदमा अनुपस्थित हुने माधवकुमार नेपाल समेत सहमत भएका ती नेताहरूको दाबी छ ।

दुबै समूहमा रहेका नेताहरूले सबै जना एमालेमा अट्ने वातावरण तयार भएको बताएका छन । पछिल्लो समय ललितपुरको होटल समिटमा दोस्रो तहका नेताहरू भेला भएर सहमतिको खाका कोरिरहेका छन ।

छलफलमा सहभागी एक नेताका अनुसार भारतका लागि कम्फर्टेबल सरकार बनाउने उद्घोषसहित फिल्डमा उत्रिएका प्रचण्डको आग्रहमा देउवालाइ प्रधानमन्त्री बनाउनुपर्छ भन्दै दलीय हैसियत विर्सेर सर्वोच्चमा दिएको हस्ताक्षर कुन बाटोबाट फिर्ता लिने भन्नेमा कुराकानी भैरहेको छ ।

सर्वोच्चमै गएर हस्ताक्षर फिर्ता लिन लाज हुने भएकाले अन्य कुनै उपायबाट त्यसको निकास खोज्ने तयारी नेताहरूले गरेका छन ।

उनीहरूले सर्वोच्चमा चढाएको हस्ताक्षर फिर्ता लिनका लागि ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भनिदिनुपर्ने शर्त अघि सारेका छन जुन लाज ढाक्ने उपायको रूपमा युवा नेताहरूले छलफल गरिरहेकाछन ।

प्रतिक्रिया