आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतमा थप ६० हजार संक्रमित, १ हजार २६९ संक्रमितको मृत्यु

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६० हजार ८०० जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख २२ हजार ७६४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ६६ हजार ७१८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार २६९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८५ हजार १६७ पुगेको छ ।

प्रतिक्रिया