आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्ततः योगेश भट्टराईले गरे कित्ता क्लियर, घुमी-घुमी फेरि त्यहीँ

प्रकाशित
1.6K
SHARES

काठमाडाैँ । पूर्वमन्त्री तथा नेकपा एमाले माधव समूहका नेता योगेश कुमार भट्टराईले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधान हुनुपर्ने बताएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको बताउदै आफू एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको बताएका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले एकताको लागि नै इमान्दार प्रयास गरेको सुनाए । उनले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गरे । नेता भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताए । तर, नेता नेपालले यी लाईन छोडे अर्को पार्टी बनाए हुने उनको भनाई छ । उनले नेता नेपालले पार्टी एकताको लागि नै अहिले पहल गरिरहेको सुनाए । नेता नेपालले अर्को पार्टी बनाए आफू एमालेमै रहने विश्वास दिलाए ।

प्रतिक्रिया