आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीका कारण रोकिएका सबै परीक्षा सञ्चालन गर्ने मिति नै तोकियो

प्रकाशित
1.1K
SHARES

काठमाडाैँ । कोरोना भाइसको महामारीका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालयले रोकिएका सबै परीक्षा आगामी साउनभित्र भौतिक उपस्थितिमा नै सक्ने गरी तयारी अघि बढाएको हो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ । साउनको पहिलो सताभित्रै बाँकी रहेका परीक्षा सम्पन्न गर्ने तयारी रहेको जोशीले बताए । बाँकी रहेका परीक्षार्थीको परीक्षा पूर्ववत केन्द्रमा नै सञ्चालन हुने नियन्त्रक जोशीले बताए ।

व्यवस्थापन संकायबाहेक अन्य संकायहरुका केही विषयका परीक्षा बाँकी छन् । सम्पन्न हुन बाँकी परीक्षापछि मात्रै अन्य परीक्षा परीक्षा हुनेछ । परीक्षार्थीहरुले पायक पर्ने स्थानमा केन्द्र रोज्न दिएर परीक्षा गराउन अनुरोध गरिरहेको परीक्षा नियन्त्रक जोशीले बताए । त्यसैले उनीहरुले आफूलाई पायक पर्ने गरी परीक्षा केन्द्र रोजी परीक्षा दिन पाउने व्यवस्था हुनेछ । उनीहरुको हकमा भने परीक्षा केन्द्र रोज्नका लागि समय तोकिने छ ।

यस्तै, २०७६ सालमा भर्ना भएका स्नातक पहिलो वर्षका परीक्षार्थीहरुका लागि अनलाइन परीक्षा फाराम खुलाइएको थियो । जेठ मसान्तसम्म फाराम भर्ने अन्तिम समय तोकिएपनि विद्यार्थीले समय बढाउन माग गरेपछि अषाढ सात गतेसम्म समय बढाइएको छ ।

त्रिविले परीक्षाको व्यवस्थापन गर्न नसक्दा स्नातक तहका करिब साढे दुई लाख विद्यार्थीहरु १९ महिनादेखि परीक्षाको पर्खाइमा छन् ।

प्रतिक्रिया