आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसका पूर्वसांसद कृष्णसिंह परियारको निधन

प्रकाशित
458
SHARES

काठमाडौं । पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले जानकारी दिए ।

उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो ।उनी २०४८ सालमा सांसद निर्वाचित भएका थिए । परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् । प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।

त्यस्तै गोरखा धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो ।

त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकारी दिए । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

‘पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ’, उनले भने, ‘थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ ।’ नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया