आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाले दिइन् प्रहरीमा उजुरी

प्रकाशित
0.9K
SHARES

काठमाडौं । दलित समुदायको भएकै आधारमा कोठा नदिएको आरोप लगाउँदै काठमाडौँका एक जना घरबेटीविरुद्ध पत्रकार रुपा सुनारले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी छिन् ।

पहिले कोठा दिन राजी भएका घरबेटीले आफू दलित समूदायको भन्ने थाहा पाएपछि कोठा नदिएको भन्दै उनीविरुद्ध रुपाले विहीबार प्रहरीमा जाहेरी दिएकी हुन् ।

उनले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएको बताएकी छिन् । रुपाका अनुसार घरबेटी काठमाडौं महानगरपालिका-११ बबरमहलकी ५८ वर्षिया सरस्वती प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।

रुपाका अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा १२ बजे नै जाहेरी दर्ता गर्न गए पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न मानेको थिएन । करिब ५ घण्टासम्मको दबाबपछि प्रहरीमा जाहेरी दर्ता गरेको रुपाले जनाएकी छिन् ।

पहिले कोठा दिन राजी भइसकेकी घरबेटीले जातको कुरापछि कोठा दिन नमानेको विषयमा रुपाले फेसबुकमा एक भिडियो पोस्ट गर्दै यस्तो भनेकी छिन्-

उनले लेखेकी छन्,‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ।

प्रतिक्रिया