आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारत र बालुवाटारबाट बाबुरामलाई बारम्बार आउन थाल्यो यस्ताे कडा धम्की

प्रकाशित
1.5K
SHARES

काठकाडाैँ । प्रतिनिधिसभा विघटनअघि र पछि गरी २ पटक प्रधानमन्त्री केपी ओलीसँग पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले बालुवाटारमा गरेको भेटवार्ताको तरंग सेलाएको छैन ।

भेटवार्ताका क्रममा आफूलाई प्राप्त सूचना शेयर गर्दै भट्टराईले नयाँ खिलराज जन्माउने खेल शुरु भएको हुँदा सबै दल मिलेर जान ओलीसँग आग्रह गरेका थिए ।

त्यसपछि हाम्रो योजना किन चुहाइस् भन्दै उनीमाथि भारत र बालुवाटारबाट बारम्बार धम्की आउन थालेको स्रोत बताउँछ । केही दिनअघि उनले एउटा टेलिभिजन अन्तर्वार्तामा पनि यसको कुराको संकेत गरेका थिए ।

पछिल्ला घटनाक्रमले के बुझाउँदैछ भने, ओलीलाई राष्ट्रवादी बन्ने मौका भारतले नै दियो । उसले नाकाबन्दी ग¥यो । त्यसको विरोध गर्ने नाममा ओलीमा राष्ट्रवादी लेपन लाग्यो ।

अनि, नाकाबन्दीविरुद्ध उभिने ओली र नाकाबन्दीको पक्षमा सीमामा धर्ना दिने र रक्सौलतिरबाट ढुंगा हान्ने महन्थहरु आज एकै ठाउँ उभिए । जतिबेला नाकाबन्दीको पक्षमा भारतीय सीमामा टेण्ट राखी धर्ना दिइयो, त्यसमा सक्रिय प्रत्येक नेताले ०७४ को चुनाव जिते । राजेन्द्र महतो आफ्नो जिल्ला सर्लाही छाडेर विमलेन्द्र निधीसँग चुनाव लड्न धनुषा पुगे र अचम्मसँग त्यहाँबाट जिते । अनि, ओलीलाई मधेसमा चुनाव जित्नु थिएन, अन्यत्रको मन जित्नु थियो ।

अहिले फेरि ओली र भारतका कुरा मिलेका छन् । किनभने, यी दुबैलाई संविधान चाहिएको थिएन । ओलीलाई प्रधानमन्त्री र भारतलाई अस्थिरता चाहिएको थियो ।

यसरी तिर्खा र पानीको संगम भएको भन्छन्, राजनीतिक विश्लेषकहरु । त्यसैले जसपाको महन्थ ठाकुर समूहलाई सरकारमा समावेश गर्नुअघि नै नागरिकतासम्बन्धी अध्यादेश जारी र संविधान संशोधन गर्न कार्यदल बनेको हो ।

०७२ असोजमा संविधान जारी भएपछि १५ दिनभित्र नयाँ सरकार बनाउने कुरा थियो । तर, सुशील कोइरालाले बेलैमा मार्गप्रशस्त नगर्दा ओली बालुवाटार घेर्न पुगेको कुरा स्मरणीय छ । यो रिसमा सुशीललाई बनाइने भनिएको राष्ट्रपतिसमेत गयो र विद्याले अवसर पाइन् ।

अहिले भारतीय रक्षामन्त्री राजनाथ सिंहले कालापानी र लिपुलेकको सडक अझ राम्रो बनाउने भनेर योजना ल्याइसक्दा समेत ओलीको राष्ट्रवाद कहीँबाट पनि पलाएको देखिन्न ।

प्रतिक्रिया