नायिका एवम् तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो।
खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग अफेयर चलिरहेको छ । अब नुसरत गर्भवती भएको खबरमा लेखिका तसलिमा नसरिनले आफ्नो धारणा व्यक्त गरेकी छिन् । तसलिमा नसरिनले फेसबुकमा एउटा पोस्ट सेयर गरेकी छिन् । उनले नुसरतलाई श्रीमानसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएकी छिन् ।
तसलिमाले आफ्नो पोस्टमा लेखिन्, ‘नुसरतको खबर चर्चामा छ । उनी गर्भवती छिन् । उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन । यी दुई पछिल्लो ६ महिनादेखि अलग बसिरहेका छन् । तर अभिनेत्री नुसरत यश नामका अभिनेतासँग प्रेममा छिन् ।’
यस्तै पेटको दुखाई निको पार्न भन्दै प्रयोग गरिएको औषधिले शरीरभरी झ्याप्झ्याप्ती रौं उम्रिएको अर्को रोचक घटना सार्बजनिक भएको छ । अस्पतालका डाक्टरलाई धेरैले भगवान जस्तै मान्छन । तर कतिपय अवस्थामा तिनै डाक्टरहरु शत्रु सरह हुन्छन । अर्थात उपचारमा खटिएका डाक्टरले रोगको सहि पहिचान गरि उपचार गर्दा विरामी निको हुन्छन भने एउटा सानो गल्तीले विरामीको ज्यानै जान सक्छ ।
स्पेनमा पनि डाक्टरको एउटा गल्तीले अनौठो समस्या निम्तिएको छ । बालबालिकाहरुलाई पेट दुखाईको समस्या निदानका लागि डाक्टरले दिएको औषधि खाँदा अर्कै परिणाम देखियो । उत्तरी स्पेनको क्यान्टब्रिया क्षेत्रको टोरेलागेभा शहरका २० जना बालबालिकाहरुमा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग निको पार्न भन्दै डाक्टरले औषधि दिए ।
औषधि खाएपछि ति बालबालिकाहरको शरीरमा अत्यधिक मात्रा कपालका जस्तै रौंहरु उम्रिए । स्थानीय प्रशासनका अनुसार पेट दुखाइको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि दिइएको थियो ।
गलत औषधिका कारण बालबालिकाहरुको शरीरमा अनावश्यक रौंहरु उम्रिएका हुन । शरीरमा अनावश्यक रुपमा रौं उम्रिने रोगलाई हाइपरट्रिचोसिस भनिन्छ । डेलिमेलमा प्रकाशित समाचार अनुसार मिनोजिडिल नामक औषधि कपाल बढाउनका लागि प्रयोग गरिने औषधि हो ।
गलत औषधिको प्रयोगका कारण शरीरभरि अत्यधिक मात्रामा रौं उम्रिएका २० जना बालबालिकाहरुका अभिभावकले औषधि सिफारिस गर्ने डाक्टर र औषधि पसलविरुद्ध क्षतिपुर्तीको मागसहित मुद्धा दायर गरेका छन ।
मिनोजिडिल सिरपको बोत्तलमा ओमेप्राजोलको लेबल टाँसेर ग्रानाडा, केन्टाब्रिया र भेलेन्सिया शहरका औषधि पसलहरुमा वितरण गरिएको छानविनका क्रममा खुलासा भएको छ । यो घटनाप्रति स्थानीय प्रशासनले गल्ती महसुस गर्दै पीडित बालबालिकहरुको उपचार शुरु गरेको छ ।
प्रतिक्रिया