आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तोलामा ११ सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार

प्रकाशित
467
SHARES

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया