आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जुम्लामा पहिरोमा परेर ३ जना घाइते, हेलिकप्टरबाट उद्दार गर्ने तयारी

प्रकाशित
1K
SHARES

काठमाडाैँ । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित लिखे ढुंगामा पहिरोमा परेर ३ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले  बताए ।

माथिल्लो पाटन (लेक) मा गएका ३ जना प्रतिकुल मौसमका कारण वेशी झर्दै थिए । त्यहीबेला पहिरो आएर उनीहरु घाइते भएका हुन् । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प नभएको डिएसपी थापाले बताए । घाइतेहरुको नाम खुलेको छैन् ।

जुम्ला स्थित कालिकोट–नाग्मा–मुगु सड्क खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हिमा गाउँपालिका–३ बाँसगाढमा खसेको पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया