आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पार्टी एक हुनै लागेका बेला भीम रावल र रामकुमारी झाक्रीले गरे यस्तो घोषणा

प्रकाशित
747
SHARES

काठमाडौँ। सत्तारुढ नेकपा एमाले फुटको संघारमा उभिएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल समेत लचक भएर एमाले एकढिक्का हुन लागेका बेला केही उत्ताउला अभिव्यक्ती दिने नेताहरुको कारण पार्टी एक नहुने संकेत देखिएको हो ।

पार्टीका उपाध्यक्ष भीम रावलले २०७५ जेठ ३ गतेको पार्टी कमिटी अनुसार बैठक बोलाइएमा आफूहरू नजाने स्पष्ट पारेका छन्। २०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भएको थियो।

जेठ ३ को अवस्थामा पार्टीलाई लैजानु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी भंग गर्नु हो, जेठ ३ अनुसार बैठक बोलाउने भनेको सर्वोच्च अदालतको फैसला मान्दैनौं, नवौं राष्ट्रिय महाधिवेशनलाई पनि मान्दैनौं र पार्टीलाई एउटा एउटा निहुँ झिकेर फुटतिरै लैजान्छु भनेको हो।

उनले पार्टी विवाद समाधानका लागि औपचारिक र अनौपचारिक कुनै छलफल समेत नभएको बताए। पार्टी एकताका लागि प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्ताव जालझेल र षडयन्त्रपूर्ण रहेको भनेर आफूहरूले निष्कर्ष निकालिसकेको उनले बताए।

२०७५ जेठ ३ गते तत्कालीन एमालेको केन्द्रीय कमिटी भंग भएर पदाधिकारी नरहेको अवस्था बनिसकेको थियो। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले यस विषयमा अध्यक्ष ओलीसँग दुई दुई पटक आफ्ना कुरा प्रष्टसँग राखिसकेको उनले बताए। यस विषयमा ओली पक्षबाट सकारात्मक धारणा नआएको रावलको भनाइ छ।

 

गत फागुन २८ गते आफ्नो गुटको बैठक गरेर नवौं राष्ट्रिय महाधिवशेनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग समेत गरिसकेको रावलले बताए । सर्वोच्च अदालतले दसौं महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर्‍याएर केन्द्रीय कमिटी भनेको नवौं राष्ट्रिय महाअधिवेशनबाट निर्वाचित मात्रै हुनसक्छ भन्ने स्पष्ट हुने गरिकन भनेको कुरालाई त्यसप्रति सकारात्मक धारणा राख्नुको सट्टा उहाँहरू पुनरावलोकनमा जान खोज्दै हुनुहुन्छ रावलले भने ।

 

यसअघि ओलीनिकट नेता तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले खनाल नेपाल पक्षलाई समेत सहभागी गराउने गरी स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको बताएका थिए।

 

यता माधव नेपाल पक्षीय नेतृ राम कुमारी झाक्रीले असार २ गते बस्ने बैठकलाई गुटको बैठकको संज्ञा दिएकी छन् ।

जेठ २ गते बस्ने नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको होला। हामीले आज सम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन।, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, यो विचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन। कोही पनि साथिहरू भ्रम नपर्न अनुरोध गर्दछु।

प्रतिक्रिया