आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

झलनाथ खनाल अस्पतालमा रहेका बेला एमाले एकाएक तरंगित

प्रकाशित
448
SHARES

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आज जारी गरेको एक विज्ञप्तिपछि नेकपा एमालेमा बहस जारी भएको छ । स्वास्थ्य उपचारका लागि भारत जानुअघि खनालले जारी गरेको वक्तव्यले खास गरी माधव नेपाल समूह तरंगित भएको छ ।

यसैबीच, एमाले नेता जगन्नाथ खतिवडाले फेसबुकमार्फत नेता खनालको नाममा हस्ताक्षर दुरुपयोग गरि वक्तव्य जारी भएको आरोप लगाएका छन् । विज्ञप्तिमा उल्लेख भएको विचार खनालको विचारसँग मेल नखाने भन्दै खतिवडाले खनालको वक्तव्यका नाममा चालबाजी भएको बताएका छन् ।

‘श्वासप्रश्वासमा समेत गार्‍हो भइरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन । वक्तव्यमा उल्लेखित विचार क। झलनाथ खनालको विचारसँग मेल खादैन । उहाँ प्लेन चढिसकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ’ खतिवडाले भनेका छन् । नेता खनालको बिरामी अवस्थालाई राजनीतिक स्वार्थको घैटौ भर्न प्रयोग नगर्न समेत खतिवडाले आग्रह गरेका छन् ।

प्रतिक्रिया