आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

‘म फर्केर आउँछु किआउँदिन थाहा छैन, तर एमाले एक रहोस्- झलनाथ खनाल

प्रकाशित
608
SHARES
?????????????????????????????????????????????????????????

काठमाडौँ। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपचारका लागि भारत जानुअघि एमालेलाई लाई फुटबाट बचाउन अपिल जारी गरेका छन् । स्वास्थ्यमा गम्भीर समस्या भई थप उपचारका लागि भारत जानुअघि विज्ञप्ति जारी गर्दै नेता खनालले सयौं शहीदहरुको बलिदान र संघर्षबाट नेकपा एमाले आजको अवस्थासम्म आइपुगेको स्मरण गराएका हुन् ।

नेता खनालले आफैभित्रका गलत प्रवृत्ति , बदलाको भाव र इगोका कारण पार्टीमा संकट बढेको भन्दै एकताले सफलता र फुटले विनाश निम्त्याउने औल्याएका छन् ।

‘विगतमा हामी सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट विनाशको । त्यसैले रिस, राग, अंहकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहन्छु’, खनालले भनेका छन् ।

यस्तै, दिल्ली जानुअघि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले उनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । फोनमा ओलीसँग कुरा गर्दै झलनाथ खनालले आफु फर्केर आउने नआउने थाहा नभएको भन्दै पार्टी एकता गर्नका लागि प्रधानमन्त्री ओलीले अब भूमिका खेल्न आग्रह गरेको बताइएको छ ।

नेता खनालले भने, ‘हिजो के-के भयो सबै तीता(मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् कमरेड । म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहना छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले पनि नेता खनालको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । उनी भारत प्रस्थान गर्नुअघि पार्टीका महासचिव ईश्वर पोखरेलले हस्पिटलमै गएर स्वास्थ्यलाभको कामना गरेका थिए ।

उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।

देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् ।

त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ ।

राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।

हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।

देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं ।

एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु ।

प्रतिक्रिया