आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपचारका लागि दिल्ली उड्नु अघि खनालले किन भने यस्ताे ? अब के गर्लान ओली

प्रकाशित
569
SHARES

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन आह्वान गरेका छन्।थप उपचार गर्न भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै उनले रिस, राग, बदलाभाव र अहंकार त्यागेर पार्टी एकता गर्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउन प्रयत्न गर्‍यौँ भने मात्र हामी सफल हुन सक्छौँ र मुलुकको नेतृत्व गर्न सक्छौँ।’

पार्टीभित्र मात्रै होइन सबै राजनीतिक दलहरूबीचको विभाजन र ध्रुवीकरणले आफूलाई चिन्तित बनाएको उनले उल्लेख गरेका छन्। देशका प्रमुख दलहरू र तीनका नेताबीचको अनावश्यक टकराव, महत्वकांक्षा र इगो सांध्ने कार्य तत्काल अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

लगातार ज्वरो आएर स्वास फेर्न गाह्रो भएपछि नर्भिक अस्पताल भर्ना भएका खनाललाई चिकित्सकको सल्लाहमा आज दिल्लीस्थित अपोलो अस्पताल लगिएको छ ।

प्रतिक्रिया