आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एका विहानै आयो यस्तो समचार मेलम्चीमा भीषण बाढी र पहिरो, कयौँ बेपत्ता

प्रकाशित
455
SHARES

काठमाडौँ। सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ । मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ ।

हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु बगाएको छ । प्रहरीले एक दर्जनभन्दा बढी हराएको अनुमान गरेको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँधमा क्षति पुगेको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा बाढी पस्दा बगरजस्तो बनेको छ ।

बाढी र पहिरोले मेलम्ची बजार जोखिममा परेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बगाएको छ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको छ । बेपत्ताहरूको खोजी शुरू गरिएको तथा क्षतिको अरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आउँदा खोला किनारको लुप्रा गाउँ जोखिममा परेको छ । सोमबार करिब १२ बजेदेखि एक्कासी लेदोसहित बाढी आउँदा बस्ती जोखिममा परेको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।

बाढीका कारण बस्तीका करिब १५ घर पूर्ण जोखिममा छन् । गाउँपालिका प्रमुख गुरुङले निरन्तर पानी परिरहेका कारण थप क्षति हुन नदिन सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको जानकारी दिए । ‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो,’ उनले भने ।

बाढी पूर्ण लेदोयुक्त भएकाले खोला नै थुनिएको हुनसक्ने गाउँपालिका प्रमुख गुरुङले जानकारी दिए । ‘एक्कासी कालो लेदोसहित बाढी आयो । लेदोले खोला नै ढालेको छ,’ उनले भने, ‘पानी परिरा भएर अझै बढ्ने संकेत छ ।’ खोलामा बाढी आएको जानकारीपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङ प्रमुख दिउँसो अनुगमनमा गएको थियो ।

सीडीओ हिरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिम पहिरोको सम्भावना भएको बताइन् । ‘हिउँ पहिरो हो कि भन्ने हाम्रो शंका अनुमान छ,’ सीडीओ पौडेलले भनिन्, ‘तर, गाउँलेहरु खोल्साको पानी बढेर हो भनेका छन् । जानकारी लिँदैछौं ।’ उनले खोलामा माटो, रुखका बुट्यानको लेदोमात्रै आएको जानकारी दिइन् ।

यस्तै यता कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले आज रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले असार ३ गतेसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

मंगलबार प्रदेश नं. २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउनु पर्ने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया