आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले एक हुनै नदिने खेलमा झाक्री, माधव नेपाल फर्किनै लागेका बेला गरिन् यस्तो ट्वीट

प्रकाशित
664
SHARES

काठमाडौँ। एमालेलाई सर्वोच्च अदालतको ०७५ जेठ २ गतेमै फर्काउने फैसलापछि वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरु लचक बनेका छन् भने स्वंय नेता नेपाल पनि ओलीसँग मिल्ने तयारी गरिरहेका बुझिएको छ । उसो त नेता नेपाल अहिले प्रतिनिधीसभा पुनसर््थापना हुुनुपर्ने मागसहित विपक्षी गठबन्धनमा समाहित छन् ।

यसैबीच, नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्री लगायत केही उत्ताउला अभिव्यक्ती दिइरहने नेताका अभिव्यक्तीका कारण नेकपा एमाले एकता पटकपटक भाडिदैँ आएको छ । पार्टी मिल्नै लाग्दा झाक्री लगायत नेताहरुले नेतृत्वमाथि प्रश्न उठाउदैँ टिप्पणी गर्ने गर्छन् जसका कारण शीर्ष नेताहरुबीच मिल्नै लागेका कुरा पनि बिग्रिन्छन् ।

यसैबीच, नेतृ झाक्रीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै ट्वीट गरेकी छन् । खराब पात्रलाई शासन सत्तामा पु¥याउनु भूल भएको टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जाल ट्विटरमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल ’प्रचण्ड’, श्याम श्रेष्ठ, मल्ल के सुन्दरसहित आफू पनि रहेको फोटो राख्दै उनले कुनै समय आन्दोलनको हर मोर्चामा सँगसँगै रहेको स्मरण समेत गरेकी छन्।

’सपना थियो, एउटा लोकतान्त्रिक व्यवस्था जहाँ सरकार जनताप्रति सधै जवाफदेही होस्। व्यवस्था परिवर्तन पछि खराब पात्रलाई शासन सत्तामा पु¥याउनु हाम्रो भूल भयो’, झाँक्रीले लेखेकी छन्।

कुनै समय थियो, आन्दोलनको हर मोर्चामा हामी सँगसँगै थियौँ। सपना थियो, एउटा लोकतान्त्रिक व्यवस्था जहाँ सरकार जनताप्रति सधै जवाफदेही होस्। व्यवस्था परिवर्तन पछि खराब पात्रलाई शाशन सत्तामा पुर्‍याउनु हाम्रो भूल भयो।

यता नेपाल कम्युनिस्ट पार्टी ९एमाले०भित्रको विवाद चर्किँदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल निवास कोटेश्वर पुगेका छन् ।

सोमबार साँझ उनीहरू नेपाल निवास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् । एमालेमा ओली र नेपाल मिल्ने संकेत पाएका देउवा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् । नेपाल समूहका सांसदको समेत प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवार बनेका देउवा एमाले एकता भएपछि आफ्नो योजना विफल हुने देखेपछि नेपाललाई भेटन कोटेश्वर पुगेको स्रोतको दाबी छ ।

देउवाले नेता नेपाल समूहले पछिल्लो समय अख्तियार गरेको रणनीतिले गठबन्धन कमजोर हुन सक्ने भन्दै शंका व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया