आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् संसारकै सबैभन्दा राम्रो अक्षर लेख्न सफल नेपाली चेली

प्रकाशित
466
SHARES

काठमाडौँ । अहिले संसारकै सबैभन्दा राम्रो अक्षर लेख्न सफल भएको भनेर एक जना नेपाली चेलीको खुबै चर्चा हुने गरेको छ । उनको नाम प्रकृति मल्ल रहेको छ । उनलाई संसारभर चिनाउन भनेर उनका समर्थक शुभ चिन्तकहरुले सामाजिक सञ्जालमा उनको समाचार र फोटोलाई ब्यापक सेयर गरिरहेका छन् ।

उनले यसरी संसारकै सबैभन्दा राम्रो ह्याण्ड राइटिङ्ग लेखेर नेपालको नाम विश्वमा चिनाउन योगदान गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता नेपालीहरुले उनको सम्मान स्वरुप उनलाई अझै हौशला दिने उदेस्यले उनको समाचार र तस्बिर सेयर गरेका हुन् ।

प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो, आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको, उनले कापी ओल्टाइपल्टाइ गरिन, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने उनलाई लाग्यो ।’ त्यही ‘अनविलियवल’ अक्षर देखेर उनि निक्कै उत्साहित भइन् उनले नौ वर्षमै संसारको साबि भन्दा राम्रो अक्षर लेखेर देखाई दिइन।

उनले भन्छिन् ‘जति बेला मेरो हातमा अभिषेक लोप्चनको कपि हात पर्यो त्यही बेलादेखि म पनि ‘अनविलिएवल’ अक्षर लेख्छु भनेर लागेँ’, उनले त्यो बेला मनभित्रैबाट गरेको प्रतिवद्धता फुकाइन् । कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।

प्रतिक्रिया