आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित
255
SHARES

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । साताको दोस्रो दिन आज आइतबारको तुलनामा सुन तोलामा ७०० रुपैयाँ घटेको छ ।

नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको पनि आज घटेको छ । चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेको छ। आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर खरीदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एकैदिन कारोबार यो रकम हालसम्मकै उच्च रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज कारोबारमा १२७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ।

आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये ७ वटामा हरियाली छाएको छ । आज विकास बैंक समूह सर्वाधिक ८.२४ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ७.१४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहमा ६.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.७३ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.९८ प्रतिशत र बैंकिङ समूहमा ०.४२ प्रतिशत बढेको छ ।

यो दिन व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह ०.७९ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूहमा ०.१५ प्रतिशत, अन्य समूहमा ०.३८ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०११ प्रतिशतको गिरावट आएको छ।

प्रतिक्रिया