आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन कोरोनाको नि:शुल्क उपचार हुने देशभरका ८३ अस्पताल, नामसहित हेर्नुहोस केको पैसा लाग्छ केको लाग्दैन ?

प्रकाशित
386
SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको नि:शुल्क उपचार हुने व्यवस्था गरेको छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको नि:शुल्क उपचारका लागि सम्झौता गर्दै आइरहेको छ।

मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि:शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितको अस्पतालले नि:शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको भनाइ छ।

‘कुनै पनि कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिन वा तिर्दिन सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीको पनि यी निजी अस्पताल तथा मेडिकल कलेजमा नि:शुल्क उपचार हुन्छ,’ डा अधिकारीले भने, ‘यी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गरेबापत लागेको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्छ।’

निशुल्क भित्र के के पर्छ?

सामान्य रगत परीक्षण (जस्तै: सिरम, युरिया, क्रियटिनिन्, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी), छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, बिरामीको शय्या शुल्क, खाजा तथा खाना सहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड सेवा र अक्सिजन ।

तर, यी सेवा निशुल्क छैन

आइसीयू बाहेकका बिरामीमा पिसिआर, रेम्डिसिभिर, प्लाज्मा थेरापी,  सिटी स्क्यान, हायर एन्टिबायोटिक्स

यस्तै सरकारी सेवामा आवद्ध नर्सिङहरुको संघ (गोनान)ले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका छन्। गोनानका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीले स्वास्थ्यमन्त्री तामाङलाई भेटी सरकारले ल्याएको ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था २०७७’ कार्यविधिमा नर्सहरुमाथि विभेद भएको भन्दै ध्यानाकर्षण गरेका छन्।

संघले कार्यविधि आउन राम्रो भए पनि नर्सहरुका विषयमा विभेद भएको भन्दै त्यसमा संशोधन गर्दै डाक्टरहरुको जस्तै नर्सका लागि पनि स्पष्ट व्यवस्था गर्न माग गरेको छ। उक्त कार्यविधिमा सबै ठाउँमा चिकित्सक,नर्सलगायत स्वास्थ्यकर्मी भनिएपनि आर्थिक पाटोमा उक्त कुरा छुटाउनु दुखद विभेद र नर्सको कामको अवमुल्यन भएको भन्दै संघले ध्यानाकर्षण गराएको हो।

गोनानले कार्यविधिको दफा ४ को उपदफा २ को (क) र दफा ५, (२)मा नर्स भन्ने शब्द यथावत् राखी उक्त कार्यविधि २०७७ लाई पूर्णता दिई संचालन गर्न माग समेत गरेको छ।

प्रतिक्रिया