आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो रहस्यमयी एक स्थान जहाँ पुग्ने कोही फर्किएनन्

प्रकाशित
413
SHARES

काठमाडौँ । आज हामी तपाईलाई एउटा यस्तो ठाउँको बारेमा जानकारी दिदैछौँ, जहाँ जो पनि मानिस गए, त्यो मानिस आजसम्म पनि कहिल्यै फर्किएनन् ।

रुसमा एउटा यस्तो शहर छ जहाँ गएका कोही पनि मानिस आजसम्म पनि फर्किएनन् । यो उत्तरी ओसेटियाको दर्गाब्समा रहेको छ । यो एक सुनसान क्षेत्र हो ।

यहाँ सेतो पत्थरले बनेका ९९ वटा घर छन् । जसमा स्थानीयले आफ्ना आफन्तको शव राखेका थिए । यो घरहरु १६औँ शताब्दीमा बनेका थिए । मान्यता यो छ कि, यो स्थानमा गएका कोही पनि मानिस अहिलेसम्म पनि फर्किएका छैनन् ।

यो रहस्य जान्न हरेक मानिस लागि परे पनि कसैले रहस्य समाधान गर्न सकेको छैनन् । एजेन्सीको सहयोगमा

ग्रीसमा भेटियो दुई करोड वर्ष पुरानो रुखको जीवाश्म, जहाँ हाम्रा बाँदर पुर्खा खेल्थे

ग्रीसमा दुई करोड वर्ष पुरानो रुखको जीवाश्म भेटिएको छ । ग्रीसको लेसबोस टापुको जंगलमा सडक निर्माणका लागि खन्ने क्रममा यति पुरानो रुखको जीवाश्म भेटिएको हो ।

यो रुख यति पुरोना हो कि यसमा हाम्रा बाँदर पुर्खाहरु खेल्दथे । यो जीवाश्म दुई करोड वर्ष पहिले जीवित रहेको रुखको हो । ज्वालामुखीको लाभाले यो टापुलाई पुर्दा यो जीवाश्म जोगिएको वैज्ञानिकहरुले बताएका छन् ।

लेसबोस जंगल संग्रहालयका प्राध्यापक निकोस जौरोस भन्छन्, ‘यो रुख हाँगाहरुसहित, अझ रुख जस्तै आकारमा भेटिनु ज्यादै महत्वपूर्ण हो । यो जंगलमा अहिलेसम्म यति पुरानो रुख नभेटिएको अवस्थामा यो भेटिनु अनौठो हो ।’

‘जहाँसम्म मलाई थाहा छ यति पुरानो रुखको जीवाश्म संसारमा जहाँ भेटिए पनि दुर्लभ हो ।’ उनी भन्छन् । वैज्ञानिकहरुले करोडौँ वर्ष पुरानो रुखलाई जोडेर यसको प्रकार पत्ता लगाउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया