आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एक वर्षमा ५ दिनसम्म कपडा लगाउँदैनन् यी महिला, कारण सुन्दै अचम्म लाग्दो

प्रकाशित
428
SHARES

काठमाडौँ । अहिलेको आधुनिक विश्वमा पनि कैयौं प्रकारका परम्पराले स्थान पाएको देखिन्छ । केही पम्परा त सुन्दै अचम्म लाग्दा पनि हुन्छन् ।

आज यस्तै परम्पराबारे यहाँ उल्लेख गरिएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित मणिकर्ण उपत्यकामा यस्तो पनि परम्परा छ, जसअनुसार विवाहित महिलाले १ वर्षमा ५ दिनसम्म निर्वस्त्र अथात् नाङ्गै बस्नुपर्ने हुन्छ ।

यहाँका महिला वर्षमा ५ दिनसम्म शरीरमा कुनैपनि कपडा लगाउँदैनन् । यस्तो अवस्थामा महिलाहरु पुरुषको सामुन्ने देखा पर्दैनन्, एकदम एकान्त स्थानमा बस्ने गर्छन् । हरेक वर्षकाे १७ अगस्टदेखि ५ दिनसम्म यस्ताे यहाँका महिलाले कपडा लगाउन पाउँदैनन् ।

यो परम्पराको पछाडि एक रोचक इतिहास लुकेर बसेको छ । स्थानीयका अनुसार धेरै वर्ष पहिले यो गाउँमा एक राक्षसले कपडा लगाएका महिला उठाएर लैजाने गर्थ्याे। सुन्दर कपडा लगाएका महिला देख्नेवित्तिकै राक्षसले उठाएर लैजान्थ्यो । धेरै समयसम्म राक्षसको यस्तो आतंक रहेपछि स्थानीयले जुक्ति निकाले, राक्षसबाट बच्न महिलाले कपडा नै नलगाउने ।

धार्मिक कथाअनुसार देवताले राक्षसको वध गरे पनि महिला नांगै बस्नुपर्ने परम्परा भने कायम रह्यो । यदि कुनै महिलाले यो परम्परा निभाएनन् भने, यसलाई अशुभ संकेतका रुपमा अर्थ्याइने गरिन्छ । यो परम्पराका अनुसार महिलालाई ५ दिनसम्म हाँस्न पनि मनाही छ ।

तर, पछिल्लो समय भने यो परम्परामा केही पविर्तन आएको छ । महिलाहरु निवस्त्र बस्नुभन्दा पनि पातलो कपडा लगाउन थालेका छन् ।

गाउँमा एउटा पनि पुरुष छैनन्, तर गर्भवती हुन्छन् महिला 

तपाईंले कुनै यस्तो गाउँको बारेमा सुन्नुभएको छ, जहाँ महिलाबाहेक पुरुषलाई देख्न पनि पाइँदैन । अर्को शब्दमा भन्दा त्यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै गरिएको हुन्छ ।

नेपालमा यस्तो गाउँबारे कसैले कल्पना नै गर्न सक्दैनन् । तर, केन्यामा भने यस्तो गाउँ छ । यो गाउँमा पुरुषलाई प्रवेश निषेध गरिएको छ । महिलामात्रै रहने यो गाउँ अफ्रिका महादेशकै एक मात्र गाउँ भएको बताइन्छ ।

यो गाउँ बस्नु पछाडि एउटा ठूलो इतिहास लुकेको बताइन्छ । केन्याको समबुरु भन्ने इलाकामा पर्ने उमोजा गाउँमा शुरुवातमा १५ जना मात्रै महिला बस्थे । २८ वर्ष अगाडि सन् १९९० मा वेलायती सेनाका जवानले ब’ला’त्का’र गरेका १५ महिलालाई लगेर यो गाउँमा छाडिएको थियो ।

पछि यो गाउँमा अन्य पुरुषबाट पीडित भएका महिलाहरु बस्नका लागि आउन थाले । पुरुषबाट हिं’सामा परेका, ब’ला’त्कृ’त भएका, वा’ल विवाह भएका महिलाहरु आउन थालेपछि यहाँ बस्ने महिलाको संख्या पनि बढ्दै गयो ।

अहिले याे गाउँमा करिब ३ सयकाे संख्यामा महिलाहरु बस्न थालेका छन् । यो गाउँका महिलाहरुले कडा नियम पनि बनाएका छन्, गाउँमा कुनै पनि पुरुषलाई छिर्न नदिने ।

जीविकोपार्जनका लागि यहाँका महिलाले पेशा व्यवसाय पनि गरिरहेका छन् । यो गाउँका महिलाले प्राथमिक विद्यालय, सांस्कृतिक केन्द्र, सामबुरु नेशनल पार्क देख्न आउने पर्यटकका लागि क्याम्पिङ साइट सञ्चालन गरेका छन् ।

उनीहरुले त्यहाँ आउने पर्यटकबा शुल्क उठाएर आफ्नो जीविका चलाउने गर्छन् । साथै यहाँका महिला परम्परागत गहनाहरु बनाएर पनि बेच्ने गर्छन् ।

सबैभन्दा रोचक र अनौठो कुरा के छ भने यो गाउँमा पुरुषलाई प्रवेश गरिएपनि महिलाहरु भने गर्भवती भइरहेका हुन्छन् । उनीहरु राति भएपछि छिमेकी गाउँमा गएर मन परेका पुरुषहरुसँग शारीरिक सम्पर्क राख्छन् । अर्को गाउँका पुरुषसँग शारीरिक सम्पर्क राखेर गर्भवती भएका महिलाहरु बच्चा जन्माएर तिनको पालन पोषण पनि एक्लै गर्छन् ।

प्रतिक्रिया