आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपाल संग भेटलगत्तै प्रचण्ड एकाएक किन पुगे देउवा निवास ?

प्रकाशित
427
SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

एमाले नेता माधवकुमार नेपालसँगको छलफल सकेर प्रचण्ड देउवा निवास पुगेका हुन् । प्रचण्ड र नेपालबीच करिब पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो ।

प्रचण्डसँग अदालतमा विचाराधीन मुद्दा र पार्टीको आन्तरिक विषयमा छलफल भएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि नेता नेपाल छलफलमा जुटेका हुन् ।

ओलीको प्रस्तावमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने, त्यसका लागि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता हुनु पर्ने शर्त राखिएको छ । तर नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने संकेत गरेको छ ।

नेपाल पक्षलाई फकाउने ओलीको प्रयाससँगै विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगै प्रचण्ड र देउवा छलफलमा सक्रिय भएका हुन् ।

यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

आइतबार पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै उनले असन्तुष्ट माधव कुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन् ।

पार्टी एकताका लागि ६ बुँदे प्रस्तावमा उनले भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’

ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावको चौथो नम्बर बुँदामा विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त उल्लेख छ ।

ओलीले आफ्नो प्रस्तावमा भनेका छन्,‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।’

पार्टी एकताका लागि ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावको पहिलो बुँदामा एमालेलाई २०७५ साल जेठ ३ पूर्वको अवस्थामा अगाडि बढाइने बताइएको छ । तर, एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने बताइएको छ ।

मातहतका पार्टी कमिटी र जनसंगठनहरु जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने ओलीले बताएका छन् । संगठनात्मक क्षेत्रका निश्कर्षहरुलाई कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधान लागि कार्यदलले काम गर्ने ओलीको प्रस्ताव छ ।

यसवीचमा कसैले गरेका गल्ती कमजोरीलाई लिएर कसैमाथि कावाही नचलाइने ओलीले बताएका छन् । पार्टीमा भावनात्मक एकताका लागि रचनात्मक सहयोग हुने उनले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया