आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक मोटरसाइकल चढेर पूर्वमन्त्री सोनल मन्त्री क्वाटरबाट किन बाहिरिए ? यस्तो छ कारण

प्रकाशित
386
SHARES

काठमाडौँ । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन् । पूर्वमन्त्री सोनलले सोमबार बिहान जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाभित्र रहेको मधेस भवन भनेर नामाकरण गरिएको मन्त्री क्वाटर छाडेका हुन् ।

उनी आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता दिएर क्वाटरबाट मोटरसाइकल चढेर बाहिरिएका थिए । मन्त्रीबाट पदमुक्तको सन्दर्भमा संक्षिप्त प्रतिक्रिया दिंदै सोनले भने, ‘सरकारमा सवा तीन वर्ष बसेर जनताको सेवा गर्ने मौका पाए, मन्त्री पदबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने छु ।’ उनले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिंचाइ क्षेत्रमा प्रदेशले उल्लेखनीय काम गरेको दाबी गरे ।

मन्त्री सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान चलाएका थिए आइतबार राति मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसँगै भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरिएको हो । उनीहरु जनता समाजवादी पार्टीको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षका हुन् ।

यस्तै सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठन पाठन गर्न सम्भव नभए पनि बैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताए । विद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिन सकुन् भन्ने मन्त्रालयको निष्कर्ष रहेको उनले बताए ।

विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरि ब्यवस्था मिलाउने प्रवक्ता शर्माको भनाई छ ।

प्रतिक्रिया