आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

६० वर्ष बाँचेकी थिइन चार खुट्टा भएकी यी महिला

प्रकाशित
359
SHARES

काठमाडौँ । तपाईंले कुनै पनि मानिसको चार वटा खुट्टा भएको देख्नु वा सुन्नु भएको छ ? पक्कै छैन होला । तर विश्वमा एक यस्ती महिला थिइन् जसको चार वटा खुट्टा थियो ।

अमेरिकाको टेनेसी शहरमा सन् १८६८ मा जन्म भएकी एक महिलाको चार वटा खुट्टा थियो । मायरटल कर्बिन नामक ति महिला ६० बर्षसम्म जीवित रहिन् ।

चिकित्सकका अनुसार मायरटलको दुई वटा खुट्टा सहि थियो । तर बाँकि दुई वटा खुट्टा भने निकै कमजोर थिए । उनी आफ्नो नियमित काम बलिया खुट्टाको सहारामा नै गर्द थिइन् । उनलाई हिडडुल गर्न कुनै समस्या थिएन । तर उनी जहाँ जहाँ पुग्थिन् त्यहा उनलाई हेर्ने मानिसहरुको भिड लाग्दथ्यो ।

मायरटललाई उनको चार खुट्टाको कारण निकै चर्चामा पुर्यायो । उनले धेरै अवार्ड समेत जितिन् । यतिमात्र होइन, उनी १३ बर्षकी हुदाँ उनको जीवनीमा आधारीत एक पुस्तक समेत लेखिएको थियो । ’बायोग्राफी अफ मायरटल कर्बिन’ नामक उक्त पुस्तकले राम्रो कमाई समेत गरेको थियो ।

मायरटलले १९ बर्षको उमेरमा जेम्स क्लिन्टन बिकनेल नामक व्यक्तिसंग विवाह गरीन् । उनको चार छोरी र एक छोरा भए । अन्ततः सन् १९२८ मा ६० बर्षको उमेरमा मायटरलको निधन भयो । एजेन्सीको सहयोगमा

यस्तै परेवालाई शान्तिको प्रतिक मानिन्छ । बजारमा परेवाको मूल्य १ हजार आसपास पर्दछ । तर विश्वमा एक यस्तो परेवा छ जसको मूल्य बजारका आम परेवाको मूल्यमा भन्दा कैयौं गुणा महंगो पर्दछ ।

हेर्दा सामान्य देखिने यो परेवा आम परेवा भने होइन । यो हालैमा साढे १८ करोडमा लिलामी भएको परेवा हो । जसलाई चीनका धनाढ्यले बेल्जियमको पीपा पीजन सेन्टरमा लिलामी मार्फत किनेका थिए ।

बेल्जियन प्रजातिको यो परेको नाम न्यु किम हो । यसको खरिद गर्न दुई चिनियाँले बोली लगाएका थिए । उनीहरुले आफ्नो पहिचान गोप्य राख्दै सुपर डुपर र हिटमैनको नामबाट बोली लगाएका थिए ।

सुरुमा यस परेकोको लिलामीमा हिटमैनले बोली लगाएका थिए र पछि सुपरडुपरले १ दशमलव ६ मिलियन यूएस डलरको बोली लगाएर परेवा खरिद गरे ।

यो परेवा महंगो हुनुमा यसको विशेषता यो तीव्र गतिमा उड्न सक्छ । यो १५ बर्षसम्म जीवित रहन सक्छ । यो परेवा रेसमा भाग लिने गर्दछ । जसमाथी मानिसहरु अनलाइनमा सट्टा लगाउने गर्दछन् । अर्थात यो घोडाको रेस झै हुन्छ । यस जातका परेवा द्वितीय विश्वयुद्धका दौर सूचना पुर्‍याउन प्रयोग हुन्थे ।

प्रतिक्रिया