आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकैदिन ८ हजार २४३ जनाले जिते कोरोना, निको हुने दर ८२.८ प्रतिशत

प्रकाशित
552
SHARES

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाले कोरोना भाइरसलाई जितेका छन् । पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८२.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना संक्रमित थपिँदा ८ हजार २४३ जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ४७१ जनाको पीसीआर परीक्षणमा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ५०२ जना गरी कुल ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै छिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७२३, भक्तपुरमा ७३ र ललितपुरमा १४१ जनामा गरी कुल ९३७ जना थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।

यस्तै तपाईं बेलुकाको खाना कुन समयमा खानुहुन्छ ? शारीरका लागि आवश्यक पर्ने खाना खाने समयमा ध्यान दिइएन भने त्यसले तपाईंको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । स्वास्थ्य जीवनयापनका लागि राती ८ बजेभन्दा अगाडी नै खाना खानुपर्ने चिकित्सकहरु बताउँछन् ।

अहिले बदलिंदो समयसँगै मानिसको जीवनशैलीमा पनि तिब्र रुपमा परिवर्तन आइरहेको छ । पहिले पहिले मनिसहरु बिहान छिटो उठ्ने गर्थे र राति छिटो सुत्थे, तर अहिले राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आधुनिक जीवनको पर्याय जस्तै बनेको छ । यसरी राति ढीला सुत्दा मानिसहरुमा खाना खाने बानी पनि ढीलो हुन थालेको छ । यसले मानिसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

ढीला खाना खादाको असर यस्तो छ

–सुत्नमा समस्या हुन्छ : अबेर रातीमा खाना खानुले शरीरको स्लीप साइकिल डिस्टर्ब हुन्छ । सन २०१५ मात्र गरिएको एक अध्ययन अनुसार, अबेर राति खाना खानुनले निद्रामा त समस्या हुन्छ नै साथमा ग्यास्ट्रिकले पनि सताउँछ ।

–पाचन प्रक्रियामा समस्या : तपाईंलाई यदी ग्यास्ट्रिकको समस्या छ भने खाना खाने समयमा परिवर्तन गर्नुहोस् । अबेर राति खाएको खाना तपाईंको शरिरमा राम्ररी डाइजेस्ट हुन सक्दैन् । जसका कारण ग्यास्ट्रिकको समस्या बढ्छ ।

–तौल बढ्नु : अबेर राति खाना खानुले शरीरको स्केडियन क्लक पनि प्रभावित हुन्छ । स्केडियन क्लक बिग्रनुले निन्द्रामा समस्या आउनुका साथै हार्मोन्सको संतुलन पनि खराव भएर जान्छ । यसले शरीरको तौल बढ्न थाल्छ ।

–ब्लड प्रेसर बढ्छ : गलत समयमा खाएको खानाले शरीरलाई फाइदा भन्दा धेरै असर पुर्‍याउँछ । ढीला खाना खाँदा हृदयघात र मधुमेहको खतरा बढी हुन्छ । अध्ययनअनुसार, अबेर राति खाना खाँदा ब्लड प्रेसरको समस्या तथा ब्लडमा सुगरको लेवल समेत बढ्छ । जुन मानिसको स्वास्थ्यका लागि खतरनाक सावित हुन सक्छ ।

प्रतिक्रिया