आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित
1.2K
SHARES

काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो ।

यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे , कोहलपुर-१४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे र दाङ तुलसीपुर उपमहानगरपालिका-१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

यससँगै बाँकेमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९९ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।

यस्तै नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँके जिल्ला समितिको छैटौं पुर्ण बैठक सम्पन्न भएको छ। उक्त सम्पन्न बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड संक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति न्युनतम एक लाख राहत उपलब्ध गराउन माग गरेको छ ।

बिहिबार पार्टी जिल्ला इन्चार्ज दिपक र सेक्रेटरी अनिलको बैठकले कोरोनाका कारण ज्यान गुमाएका परिवारको सहयोगका लागि प्रतिव्यक्ति न्युनतम एक लाखको राहत उपलब्ध गराउन नेपाल सरकारका विभिन्न निकायहरुसंग अनुरोध गरेको हो । थपिँदै गएको बन्दाबन्दिले निम्न वर्गका जनताको जिवन निकै कष्टकर भईरहहेको र उनिहरुको सहयोगका लागि राज्यद्वारा आर्थिक सहयोगको कार्यक्रम घोषणा गर्न पनि नेकपाले आव्हान गरेको छ ।

साथै बैठकले सरकारले ल्याएको गिट्टी, बालुवालगायत सामान भारत निर्यात गर्ने प्राकृतिक सम्पदा दोहनको निर्णय राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने समेत माग गरेको छ ।

बैठकले कोरोना महामारीको संभावित तेस्रो लहरबाट जनताको जिवन सुरक्षित गराउन बेलैमा भारतसँगको नाका पूर्णरुपले बन्द गर्न, आवश्यक स्थानमा व्यवस्थित क्वारेन्टिन र आईसोलेसन केन्द्रहरुको निर्माण गर्न तथा संपूर्ण जनतालाई खोपको उपलब्धता सुनिश्चित गर्न निःशुल्क सेवा प्रदान गर्न नेपाल सरकार र सम्बन्धित सबैमा हार्दिक अपिल समेत गरेको छ ।

यस्तो छ बिज्ञप्तिको पूर्णपाठ:

१- जिल्लामा कोरोना महामारीको असर क्रमशः घट्दो क्रममा छ । यद्यपि, जिल्लामा हालसम्म हुन गएको मानविय क्षति र व्यापक संक्रमणले पारेको शारीरिक एवम् मानसिक कष्ट तथा आर्थिक दुरावस्थाको चुनौति भने जनताले निकै लामो समयसम्म झेल्नु पर्ने छ । अतः यो स्थितिमा हाम्रो पार्टी कोरोनाको कारण मृत्यु हुन गएका परिवारको सहयोगका लागि प्रतिव्यक्ति न्युनतम एक लाखको राहत उपलब्ध गराउन नेपाल सरकारका विभिन्न निकायहरुलाई अनुरोध गर्दछ ।

लम्बिदै गएको बन्दाबन्दिले निम्न वर्गका जनताको जिवन निकै कष्टकर भैरहेको छ । अतः उनिहरुको सहयोगका लागि राज्यद्वारा आर्थिक सहयोगको कार्यक्रम घोषणा गर्न आव्हान गर्दछ । कारोना महामारीको संभावित तेस्रो लहरबाट जनताको जिवन सुरक्षित गराउन बेलैमा भारतसँगको नाका पूर्णरुपले बन्द गर्न, आवश्यक स्थानमा व्यवस्थित क्वारेन्टिन र आईसोलेसन केन्द्रहरुको निर्माण गर्न तथा संपूर्ण जनतालाई खोपको उपलब्धता सुनिश्चित गर्न निःशुल्क सेवा प्रदान गर्न नेपाल सरकार र सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।

२- बाँके जिल्ला अन्तराष्ट्रिय सिमानासँग जोडिएको हुनाले यहाँबाट मानव तस्करी लगायत विभिन्न खाले तस्करीहरु हुने गर्दछ । यसका बिरुद्ध सरोकारवाला विभिन्न निकायहरु र जनतासँग सहकार्यको मद्दतद्वारा त्यसखाले गतिबिधिको अन्त्यका लागि पार्टीले संघर्षका विविध कार्य सञ्चालन गर्ने ।

३- समाजमा व्याप्त अन्धविश्वास, महिला हिंसा, छुवाछुत र दुव्र्यसनि बिरुद्ध जनचेतनामुलक एवम् चेतावनिमुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
४- जिल्लाको राप्तीसोनारी गाऊँपालीका अन्तर्गतको राप्ती नदी र अन्य विभिन्न खोलाहरुमा गिट्टि बालुवाको उत्खनन् तथा निकासिका लागि भनेर जनहित बिरोधि सम्झौता (अमानत) गरिएकाछन् । जिल्लाका विभिन्न खोलाहरुमा टेण्डर प्रक्रिया पुरा गरेका सम्झौताहरुमा समेत मापदण्ड बिपरित उत्खनन् र निकासि भैरहेको छ । राजनैतिक तथा प्रसासनिक पहुँचको बलमा भैरहेको त्यसप्रकारको कार्यले एकातिर पर्यावरणमा दीर्घकालिक गम्भिर असर पार्ने कुरा निर्बिवाद छ भने अर्कोतिर आउदो बर्खामा ठुलो बाढि आउने र जनधनको क्षति हुनसक्ने भएकोले उत्खनन कार्य तुरन्त रोक्न विशेष पहल गर्ने ।

५- हालै नेपाल सरकारले वजेट कार्यक्रम मार्फत् एमसिसि परियोजना लागु गर्ने तथा गिट्टि बालुवा बेच्चे नीति घोषणा गरेको छ । एम्सिसि परियोजनाको मुल स्वत्व राष्ट्रहित बिपरित छ । त्यसलाई कार्यान्वयन गर्न खोज्नु सरासर राष्ट्रघात गर्नु हो । उता गिट्टि बालुवा बेच्ने नाममा चुरेलाई सखाप पार्नु पनि उत्तिकै राष्ट्रघाती र पर्यावरण बिरुद्धको अपराध हो । चुरेको दोहनले जैविक विविधताको नाश हुने, पानीको भण्डारण सुक्ने, भुक्षय र भूस्खलनले बाढी पहिरो निम्त्याउने निश्चित छ । यसले एकातिर दीर्घकालिन विनाशकारी पर्यावरणीय असर निम्त्याउने र अर्कोतिर ठुलो जन–धनको क्षति हुने भएकोले त्यसलाई पुनर्बिचार गर्न नेपाल सरकारलाई अनुरोध गर्दछौं । साथै यसखाले गलत कार्यका बिरुद्ध उभिने सबैसँग हातेमालो गर्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

प्रतिक्रिया