आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले नेपाललाई भ्याक्सिन दिने घोषणा गरेपछि राजदूत बेरीले सामाजिक सञ्जालबाटै दिय यस्तो प्रतिक्रिया

प्रकाशित
485
SHARES

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्‍सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका हु्न् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड-१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपाल पनि खोप आउने भएको छ । नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने भएको छ ।

नेपालको भागमा कति पर्छ टु‌गो त लागेको छैन । तर अमेरिकाबाट खोप आउने टु‌गो त भयो । यसलाई अमेरिकाले सुरुवात भनेको छ । अमेरिकाले नेपाललाई खोप दिने भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी यसो भन्छन्

I’m thrilled that the US will be donating vaccines to Nepal! अमेरिकाले नेपाललाई भ्याक्सीन सहयोग गर्न लागेको घोषणा गर्न पाउँदा म अत्यन्तै उत्साहित छु। This gives reason for hope: they will save lives. And it’s just the beginning. We’ll #beatthevirus, together!🇳🇵🇺🇸 @USEmbassyNepal pic.twitter.com/hdHyPASagR

— Ambassador Randy Berry (@USAmbNepal) June 4, 2021

यस्तै चीनले हुबेइ प्रान्तको वुहान स्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट संक्रमित नरहेको दाबी पुनः गरेको छ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनु भन्दा केही हप्ता पहिले वुहान स्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको उल्लेख छ। त्यसले कोरोना भाइरसको उत्पतिलाई लिएर आशंका पैदा भएको छ।

प्रयोगशालामा भएको दुर्घटनाबाट चुहावट हुँदै भाइरस मानिसमा सरेको हुन सक्ने आशंकामा बल पुगेपछि राष्ट्रपति जो बाइडेनलेले गएको हप्ता विस्तृत अध्ययन गरि ९० दिन भित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश थिए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नु पर्ने बताएको थियो।

पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो।

यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चीनसँग वुहान स्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्य सम्बन्धी विवरण जारी गर्न माग गरेका छन्।

डा. फाउचीले सन् २०१२ मा चीनको युनान प्रान्तको तामा खानीमा रहस्यमय रोगका कारण मृत्यु भएका ६ मजदुरको स्वास्थ्य सम्बन्धी विवरण पनि माग गरेका हुन्।

तर शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोना भाइरसको कुनै जानकारी नरहेको दाबी पुनः गरेका छन्।

अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नदेखिएको पनि उनले बताएका छन्। स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उनले बताएका छन्।

प्रतिक्रिया