आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

को हुन् २ बच्चाकी आमा ? जसले प्रेमीसँग मिलेर गरिन् श्रीमानको ह’त्या’,शव चार टुक्रा पारेर भान्सामा गाडिन

प्रकाशित
502
SHARES

काठमाडौँ । प्रेमीसँग मिलेर भारतमा २ सन्तानकी आमाले आफ्नै श्रीमानको अत्यन्तै क्रुर तबरमा हत्या गरेको घटना सार्वजनिक भएको छ । भारतको मुम्बाइमा २७ वर्षीया शाहिदाले आफ्नो प्रेमीसँगै मिलेर श्रीमानको हत्या गरि शवलाई चार टुक्रा पारेर भान्सामा गाडिएको खुलेको हो ।

भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार शाहिदाका श्रीमान रईस शेख एक कपडाको पसलमा काम गर्थे । उनीहरुको ६ वर्षकी छोरी र साढे २ वर्षको छोरा थिए । शाहिदाका श्रीमान रईसले शाहिदालाई उनको प्रमीसँग आपत्तती जनक अवस्थामा देखेपछि उनीहरुबीच झगडा भएको थियो । शाहिदाले चक्कुले श्रीमानको घाँटी रेटी हत्या गरेकी थिइन् ।

हत्या पछि प्रेमीसँग मिलेर शाहिदाले टुक्रा टुक्रा बनाई शव भान्सामा गाडेकी थिइन् । हत्या भएको दिन छोरीले सबै कुरा देखिन र शाहिदाले कसैलाई यो कुरा नभन्न धम्की दिएकी थिइन् । यदि भनिस भने तिमीहरुको पनि यस्तै हालत गर्छु भने पछि उनीहरु चुपचाप बसेका थिए ।

निकै दिनसम्म पनि रईसको पत्ता नलागे पछि छिमेकीले प्रहरीलाई उनी हराइरहेको जानकारी गराए । तीन दिन पहिले रईसका भाइ गाँउबाट मुम्बइ आए र ६ बर्षीया बच्चाले सबै कुरा उनलाई बताएपछि उनी प्रहरी कहाँ पुगेका थिए । त्यसपछि घटनाको बास्तविकता बहिर आएको थियो ।

यस्तै भारतमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दो दरमा देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार ३७१ जना नयाँ संक्रमित थपिएको वर्ल्ड ओ मिटरको तथ्यांकमा उल्लेख छ ।

योसँगै त्यहाँ संक्रमितको संख्या २ करोड ८५ लाख नाघेको छ। यसैगरी भारतमा मृत्यु दर पनि घट्दो दरमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा २७ सय ६ को मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४० हजार नाघेको छ। संक्रमितमध्ये २ करोड ६५ लाखभन्दा बढी निको भइसकेका छन् भने १६ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

लकडाउन खुकुलो पारिँदै

भारतमा कोरोना संक्रमणदर घट्न थालेपछि केही प्रान्तहरुमा जारी लकडाउन खुकुलो पार्न थालिएको छ । कोरोना संक्रमणको जोखिम कम रहेका क्षेत्रहरुमा दैनिक जनजीवन सहज बनाउन लकडाउन खुकुलो पार्न थालिएको हो ।

महाराष्ट्रराज्यका १८ जिल्लाहरुमा आजबाट लकडाउन अन्तको घोषणा गरिएको छ । मध्यप्रदेशमा १८ जेठबाट आधा कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको थियो । अब चरणवद्ध तरिकाले लकडाउन हटाइँने जनाइएको छ ।

विहारमा लकडाउन ८ जुनसम्मका लागि भएपनि खुकुलो पारिएको छ ।निश्चित मापदण्ड तोकेर व्यवसायिक गतिविधि गर्न दिइने जनाइएको छ ।

कोरोना संक्रमणको जोखिम रहका तालिमनाडुले कर्नाटक लगायतका राज्यमा भने लकडाउन यथावत राखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया