आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक किन बोलाए प्रधानन्यायाधीश जबराले सर्वोच्चको बैठक ? यस्तो छ कारण

प्रकाशित
417
SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो ।

जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।

‘सर्वोच्चले काममा गरेको संकुचनका विषयमा फुल कोर्टको बैठकमा छलफल हुन्छ । यसका अलावा विविध विषय पनि छ’ ढकालले भने ।
विविध विषयमा संवैधानिक इजलास गठनलगायतका विषयमा समेत छलफल हुन सक्ने ढकालले बताए ।

‘न्यायाधीशहरुले विविधमा आफ्ना कुरा राख्न सक्नुहुन्छ । प्रधानन्यायाधीशले पनि उठाउन सक्नुहुन्छ । आवश्यक लागेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्छ’ उनले भने ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजलासमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।

सोही दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गर्न संवैधानिक इजलाससम्बन्धी नियमावली नै परिवर्तन गरेर जाने सहमति जुटेको थियो ।

यस्तै कोरोना भाइरसको पहिलो डोज लगाएका कानुन व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता उमेश प्रसादले पहिलो डोज लिएका ७ सय ५० जना कानुन व्यवसायीले दोस्रो डोज लगाउन नपाएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । सो रिटमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, विनोदकुमार तथा अधिवक्ता विजय मिश्र, सुनिल पोखरेल र ऋषिराम घिमिरे लगायतले भर्चुअल माध्यमबाट बहस गरेका थिए ।

यस्तै नेपालमा बितेको पछिल्लो २४ घण्टामा थप ६८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १०, उदयपुरमा ८, ओखलढुंगा ७ खोटाङमा १७, झापामा १०१, ताप्लेजुङमा १, तेह्रथुम ४, धनकुटामा ४, पाँचथर ७१, भोजपुरमा १, मोरङमा ११६, संखुवासभामा ७, सोलुखुम्बु २ र सुनसरी २१० जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १०१, पर्सामा ११, बारामा ७९, महोत्तरीमा ४०, रौतहटमा १४, सप्तरीमा ४०, सर्लाहीमा ४ र सिरहामा ५९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ६३० जनामा कोरोना भेटिएको छ। काभ्रेमा २०५, चितवनमा १७७, दोलखामा २४, धादिङमा १०१, नुवाकोटमा ७३, भक्तपुरमा १२९, मकवानपुरमा १३, रामेछापमा ४२, ललितपुरमा २९८, सिन्धुपाल्चोकमा १४८ र सिन्धुली ४६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २६६, गोरखामा ३७, तनहुँमा ८२, नवलपरासी पूर्वमा ७७१, पर्वत १३, म्याग्दी १६, लमजुङमा ११०, बागलुङमा १ र स्याङजामा ६० जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १६, गुल्मीमा ५३, दाङमा ६५, नवलपरासीमा ३२, पाल्पामा ९, प्यूठानमा ३, बर्दियाका १०, बाँकेमा १८, रुपन्देहीमा १३८ र रोल्पामा ५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २६, जुम्ला ५, डोल्पा १, दैलेखमा १५, रुकुम पश्चिममा २२, सल्यानमा १३, हुम्लामा १ र सुर्खेतमा ६५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४६, कञ्चनपुरमा १८, कैलालीमा ५२, डडेल्धुरामा ६, डोटी २८, दार्चुला १, बझाङ १ र बैतडीमा १७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दावीसहित बेलायती पत्रपत्रिकाले समाचार प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन शुक्रबार बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेको बताए ।

‘बेलायती सञ्चारमाध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दावी गरिएको रहेछ । तर यसबारे हामीलाई कुनै जानकारी छैन,’ उनले भने, ‘नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्यचकित भएका छौं ।’ बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको पौडेलले जानकारी दिए ।

‘हामी आफैं यसबारे अनभिज्ञ छौं । बेलायतले जानकारी गराए अनुसार यहाँबाट गएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको खबर पाएका छौं । नयाँ भेरियन्टबारे कुनै अफिसियल जानकारी छैन’ डा. पौडेलले भने । डेल्टा (बी.१.६१७.२) भेरियन्ट भने भारतमा पत्ता लागेको र नेपालमा पनि फैलिएको भेरियन्ट हो ।

नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत उनले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेल भन्छन्, ‘भेरियन्टबारे पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको छ, तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा छैन ।’

चिन्ता र तनावले निम्त्याउने ११ जोखिम

चिन्ता, तनाव यि दुबैले मानिसलाई सताउन थालेपछि मानिस बिना कारण रोगी बन्न पुग्दछ । नेपालीमा उखान पनि छ, चिन्ताले चितामा पुर्याउँछ । त्यसैले आफैमा रोग नभए पनि चिन्ताले धेरैं शारीरिक तथा मानसिक रोगलाई जन्माउँछ । चिन्ता वा तनावले निम्त्याउने समस्याहरु निम्न छन् :

१. मधुमेह, उच्च रक्तचाप
यदि चिन्ता र तनाव कम भएन वा समयमै उपचार भएन भने डिप्रेसनका साथै अन्य कडा खालका मानसिक रोग हुनसक्छ । चिन्ता र तनाव लिने व्यक्तिमा क्यान्सर, फोक्सोसम्बन्धी रोग, लिभर सिरोसिस, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ ।

२. कमजोर यौन जीवन
तनाव र चिन्ताले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज पारिदिन्छ । जसले व्यक्तिमा यौनप्रति इच्छा कम हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हर्मोन टेस्टोस्टेरोनको मात्रा कम हुदैँ जान्छ ।

३. कपाल झर्न थाल्छ
अहिले उमेरले ३० नकट्दै अधिकाशं युवामा कपाल झर्ने समस्या रहने गरेको छ । जसको प्रमुख कारक हो, चिन्ता । चिन्ता लिदाँ शरीरमा कोर्टिसोल नामक हर्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्दछ ।

४. दाँत बिग्रने
अनावश्यक रुपमा धेरै चिन्ता लिने वा तनावमा बस्नेहरुमा दाँत खिइने, गिजामा समस्या हुने लगायतका दाँत सम्बन्धी समस्या हुने गर्दछ ।

५. मुटु कमजोर हुन्छ
चिन्ता लिने व्यक्तिको मुटुको मांसपेशी कमजोर हुदैँ जान्छ । अर्थात स्टेस हर्मोनले मुटुको धड्कन बढाउनुका साथै नसा संकुचित पारेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । तसर्थ यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम अन्य व्यक्तिलाई भन्दा बढी हुन्छ ।

६. मोटो बनाउँछ
चिन्ता लिने व्यक्तिहरु शरिरलाई चाहिनेभन्दा बढि खाना खाने गर्दछन् । उनिहरु जति खाए पनि अघाउँदैनन् । जसले गर्दा शरीर मोटो र अस्वभाविक बन्न पुग्दछ ।

७. उमेर अगावै बूढो
सधैँ चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषको विकास ढिलो हुन पुग्दछ । जसले व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुने जस्ता बुढ्यौलीका संकेत चिन्ता लिने व्यक्तिमा अरु भन्दा चाँडै देखा पर्दछ ।

८. रोगप्रतिरोधी क्षमतामा कमी
चिन्ता लिने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता कम हुन्छ । यस्ता व्यक्तिमा रुघाखोकी, ज्वरोजस्ता रोग बारम्बार लागि रहन्छ ।

९. मष्तिकमा असर
चिन्ता लिने व्यक्तिहरुमा दिमागमा पनि हानी पुग्दछ । चिन्ताले मष्तिकमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्दछ ।

१०. शरीरमा विकार बढ्दछ
चिन्ता लिँदा शरिरमा बोसो र चिनीयुक्त खानाप्रति आशक्ति बढ्न जान्छ । जसले शरीरमा विकार निरन्तर सञ्चय हुन पुग्दछ । र शरीरमा रोगहरु थपिदै जान्छ ।

११. अत्यधिक जीउ दुख्छ
चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । जसका कारण निरन्तर चिन्ता लिने व्यक्तिहरुमा अत्यधिक जीउ दुख्ने समस्या हुने गर्दछ।

प्रतिक्रिया