आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्वाचन आयोगले महन्थ ठाकुरसँग माग्यो केन्द्रीय पदाधिकारीको हस्ताक्षर

प्रकाशित
410
SHARES

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर उनले केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

मंगलबार अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । दुबै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता कितावमा रहेको विवरण सच्याउन पनि आग्रह गरेका थिए ।

कारबाहीको निर्णय गर्दा यादवले केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसहित बुझाएकाले उनीसँग हस्ताक्षर माग नगरिएको श्रेष्ठले जानकारी दिए ।

आयोगले दुबै पक्षसँग राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न भनेको प्रवक्ता श्रेष्ठले बताए । उक्त अनुसूची १८ मा दलको विवरण हेरफेर भएको निवेदन दिने ढाँचा समावेश छ ।

हेर्नुहोस् अनुसूची १८ को निवेदन

चौतर्फी बि’रो’ध पछि बल्ल मुख खोल्यो सरकारले विज्ञप्तिसहित

अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको जनाएको छ । बजेट वक्तव्यमा व्यापार घाटा न्यूनीकरण गर्न सरकारले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख गरेपछि त्यसको चौतर्फी वि’रो’ध र आलोचना भएको थियो ।

त्यसपछि मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको प्रस्ट पारेको हो ।
‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ’, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘सम्बन्धित सरकारी निकाय, वातावरणविद, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि निर्देशिका, मापदण्ड, एवं कानुनी प्रवन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकुल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पुर्ण प्रतिवद्ध रहेको ब्यहोरासमेत सवैमा अनुरोध गर्न चाहान्छु’ प्रवक्ता आचार्यले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया