आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चौतर्फी बि’रो’ध पछि बल्ल मुख खोल्यो सरकारले विज्ञप्तिसहित

प्रकाशित
753
SHARES

काठमाडौँ । अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध भएको जनाएको छ । बजेट वक्तव्यमा व्यापार घाटा न्यूनीकरण गर्न सरकारले खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेख गरेपछि त्यसको चौतर्फी वि’रो’ध र आलोचना भएको थियो ।

त्यसपछि मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको प्रस्ट पारेको हो ।
‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ’, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘सम्बन्धित सरकारी निकाय, वातावरणविद, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि निर्देशिका, मापदण्ड, एवं कानुनी प्रवन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकुल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पुर्ण प्रतिवद्ध रहेको ब्यहोरासमेत सवैमा अनुरोध गर्न चाहान्छु’ प्रवक्ता आचार्यले विज्ञप्तिमा भनेका छन् ।

यस्तै सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निजि अस्पतालहरुलाई सात दिने अल्टिमेटम दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ । त्यस्तै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ ।

कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको मन्त्रालयले जनाएको छ । अटेरी गर्नेमाथि सरकारले कडा कारवाही गर्ने जनाएको छ ।

केहिदिन यता भारतसँगै नेपालमा पनि म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस (कालो ढुसी)का बिरामी देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १० भन्दा बढीमा ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी देखिएको हो । भारतका कतिपय राज्यमा ब्ल्याक फङ्गसलाई महामारीको रुपमा घोषणा गरिसकेको छ ।

नेपालमा कोरोना संक्रमितमा क्रमशः ब्ल्याक फङ्गस देखिन थालेको आईओएमका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन् । त्रिवि शिक्षण अस्पतालमा कालो ढुसी सक्रमण भएका ४० वर्षका एक पुरुषको शल्यक्रिया गरिएको डा.बमले बताए । कालो ढुसी देखिएका ति व्यक्तिको आँखा र नाकको शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया गरिएका ती बिरामीलाई एम्फोटेरिसिन बी औषधिको प्रयोगबाट उपचार गरिरहेको डा.बमले जानकारी दिए । ‘फङ्गस अर्थात (कालो ढुसी) अर्का एक जनाको शल्यक्रियाको तयारी भइरहेको छ,’ उनी भन्छन्, ‘कोरोना मुक्त भएर अस्पतालबाट फर्किसकेपछि ललितपुरका एक जनामा कालो ढुसी देखिएको उपचारको लागि टिचिङ अस्पताल आउनुभएको छ ।’

यस्तै वीर अस्पतालपनि ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि कालो ढुसीको समस्या देखिएपछि सोमबार शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ती ३१ वर्षीय पुरुषको नाक तथा आँखामा फैलिसकेको फङ्गस शल्यक्रिया गरेर निकालिएको अस्पतालले जनाएको छ । सर्जरीपछि ति विरामीकाे कोभिड आईसीयूमा उपचार भइरहेको अस्पताल पूर्व निमित्त निर्देशक डा.शान्ता सापकोटाले बताइन् । नेपालमा पनि कोरोनामुक्त भइसकेपछि म्युकोरमाइकोसिसको समस्या देखिएको डा. बम बताउँछन् ।

कस्ता व्यक्तिलाई ब्ल्याक फङ्गस लाग्छ ?

म्यूकोर्माइकोसीस (Mucormycosis) नामक फंगाइका कारण हुन्छ । दीर्घरोगी तथा पुनः बिरामी भएका, शरीरको प्रतिरोधी प्रणालीलाई कमजोर बनाउने औषधीहरु सेवन गरिरहेका, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई म्यूकोर्माइकोसीस तथा कालो ढुसी संक्रमण हुने डा. बम बताउँछन् ।

कालो ढुसी शरीरको कुनै पनि हिस्सामा लाग्न सक्छ । कोरोना संक्रमितहरुले स्टेरोइड र टोसिलिजुमाव इन्जेक्सनको अत्याधिक मात्रा प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले संक्रमितमा कालो ढुसीपनि देखिएको उनले बताए । कोरोना संक्रमित त्यसमाथि मधुमेह भएका व्यक्तिलाई विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

‘संक्रमितमा सुगरको लेभल बढ्दा शरीर कमजोर हुन्छ,’ उनी भन्छन्, ‘अस्पतालमा मधुमेह भएका व्यक्ति, संक्रमित भएर होम आइसोलेशनमा बसेका थप समस्या आउनसक्छ, त्यसैले कालो ढुसीबाट जोगाउनका लागि दीर्घरोगी तथा मधुमेहका बिरामीलाई निगरानीमा राख्नुपर्छ ।’

कोभिड बिरामीसँगै दीर्घरोगी जस्तै क्यान्सर, मृगौला, मुटु, अंग प्रत्यारोपण गर्ने, क्यान्सरको उपचार गराइरहेकाहरुमा फङ्गस अर्थात (कालो ढुसी) उच्च जोखिम रहेको डा. बम बताउँछन् । यो रोग कुनै पनि उमेर समूहका व्यक्तिका लागि जोखिम रहेको उनले सुनाए ।

कसरी सर्छ कालो ढुसी ?

शरीरमा कालो ढुसीको संक्रमण भएपछि पहिचान गर्न नसकेको खण्डमा ५० प्रतिशतको ज्यान जाने खतरा उच्च रहेको अध्ययनले देखाएको डा. बमको भनाइ छ । वातावरणमा फङ्गस अर्थात (कालो ढुसी जहाँ सुकै हुन सक्छ । जस्तै जमिन र सढेका कुनै वस्तुमा, पात–पतिङ्गर, कुहिएका सडेका दाउरा, कम्पोस्ट खादमा हुन सक्छ । हावाको माध्यमबाट ब्ल्याक फङ्गस सर्छ । श्वासको माध्यमबाट वातावरणमा रहेको ब्ल्याक फङ्गस शरीरमा पुग्छ ।

फोक्सोमा पनि ब्ल्याक फङ्गसले श्वासप्रश्वासको माध्यमबाट क्षति पुर्याउन सक्छ । शरीरमा कुनै घाउ वा जलेको भए त्यहाँबाट संक्रमण शरीरका विभिन्न भागमा सक्रमण फैलन सक्छ । कालो ढुसी शरीरको जुन क्षेत्रमा पनि लाग्न सक्छ । जहाँ कालो ढुसी लाग्छ त्यहाँको भाग काम नलाग्ने बनाउन सक्छ ।

जस्तै अहिलेसम्म नाम, मुख, आँखाको वरिपरिको भागमा कालो ढुसी लागेको देखिएको छ । भारतमा कालो ढुसी आँखा वरिपरि लाग्दा आँखा नै निकाल्नुपर्ने अवस्था सिर्जना भएको उनीले सुनाए । आँखाको ज्योति समेत गुम्नसक्छ । यो टाउकोमा भयो भने ब्रेन ट्युमर लगायतका रोग लाग्छ । समयमै उपचार भएन भने दिमागसम्म पुगेको कालो ढुसीले मृत्युको संख्या उच्च रहेको उनी बताउँछन् ।

ब्ल्याक फङ्गस शरीरको जुन हिस्सामा संक्रमण हुन सक्छ । संक्रमणको आधारमा लक्षण देखिने गर्छ । जस्तै ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द हुने, बान्ता तथा उल्टी आउने, छाती दुख्ने, अनुहारको एकपट्टिको भाग फुलिने, नाकमा कालोकालो घाउ देखिने हुन्छ । सामान्यतया कोरोना संक्रमणको लक्षण देखिएको २ देखि ४ हप्तासम्म कालो ढुसीको समस्या देखिन्छ । कोलो ढुसीको संक्रमण भएको १० देखि ६० दिनसम्म पनि समस्या देखिरहन सक्ने वरिष्ठ रोग विषेशज्ञ डा. बम बताउँछन् ।

प्रतिक्रिया