आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पहिलो पटक मानिसमा देखियो बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट

प्रकाशित
378
SHARES

काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ ।

समाचारमा उल्लेख गरिए अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् ।

बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो संक्रमण भने देखिएको थिएन । अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको थिएन ।

चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो ।

‘एच१०एन३ भेरियन्ट विश्वभर नै मानिसमा देखिएको थिएन । यो कहिलेकाँही कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण हो र यसको ठूलो संख्यामा फैलिने जोखिम निकै कम छ।’, एनएचसीले उल्लेख गरेको छ । कमिसनले यो संक्रमणबाट गम्भीर किसिमको लक्षण देखिने सम्भावना पनि कम हुन्छ ।

यसअघि गत फेब्रुअरीमा रुसमा बर्ड फ्लुको एच५एन८ भेरियन्टको मानिसमा पहिलो संक्रमण देखिएको थियो । एजेन्सीहरुको सहयोगमा

यस्तै कोरोना भाइरसविरूद्ध चीनले बनाएको अर्को खोप सिनोभ्याकलाई पनि डब्ल्युएचओले मान्यता दिएको छ । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने डब्ल्युएचओले जनाएको छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्नेछ ।

सिनोभ्याक खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकोडब्ल्युएचओले जनाएको छ। योसँगै अब विश्वभरि उक्त खोप वितरणका लागि स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप वितरण गर्न सक्ने भएको छ ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने दाबी गरिएको छ ।

सिनोभ्याकको यो खोप चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिएको छ । यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया