आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कसरि भयो यस्तो अचम्म ? जहाँ १० वर्षदेखि छोरीमात्र जन्मेका छन्।

प्रकाशित
474
SHARES

काठमाडौँ । विश्वमा केही यस्ता ठाउँ छन् जो त्यहाँको मौसम, प्रकृति वा विकासका कामले चर्चित छन् । तर विश्वमा एक यस्तो गाउँ छ जहाँ केवल छोरीको मात्र जन्म हुने गरेको छ ।

पोल्याण्डको मिजेस्के ओद्रजेनस्की गाँउमा पछिल्लो एक दशकयता छोराको जन्म भएको छैन । अर्थात विगत १० बर्षदेखि यस गाउँमा छोरी मात्र जन्मिएका छन् । यस गाउँमा छोरी मात्र जन्मन्छन् भन्ने विषयको खुलासा तब भयो जब अग्निशामकोको यूवा स्वयम्सेवकलागी एक क्षेत्रीय प्रतियोगितामा पूरै टिम केवल केटीको मात्र थियो ।

१० बर्षदेखि छोरा नजन्मिएको यस गाउँमा मेयरले कसैको घरमा छोरा जन्मिएमा उपहार दिने बताएका छन् । ओद्रजेनस्की गाँउमा करिब ३ सय मानिको बसोबास छ । यस गाउँका बारेमा जानेपछि वैज्ञानिकले समेत बुझ्ने प्रयास गरेका छन् । साथै मिडियाले समेत यसबारेमा चासो दिँदै आएका छन् ।

यस्तै एक प्रेमिकाले सताएको वा घुर्की लाएको सहन गाह्रो पर्छ । यस्तोमा सोच्नुस् कसैको ३५ जना गर्लफ्रेण्ड भए के हाल होला ? त्यति मात्र होइन यी व्यक्ति त ३६ औं प्रेमिका पनि बनाउने सोचमा थिए ।

जापानका ३९ बर्षीय ताकाशी मियागावाले एक पछि अर्को गर्दै ३५ जना प्रेमिका बनाए । तर न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार, प्रहरीले यी जापानी युवालाई एकै साथ ३५ जना प्रेमिका बनाएर सम्बन्ध राखेको आरोपमा पक्राउ गरेको छ ।

खासमा यी युवालाई प्रेमिका बनाउने लत बसेको थियो । कारण उनलाई जन्मदिनको अवसरमा पहिलो प्रेमिकाले उपहार दिइन् । जसका कारण उनमा उपहार लिने इच्छा जाग्यो र लगातार प्रेमिका बनाउन थाले । उनी आफ्ना सबै प्रेमिकालाई फरक फरक मितिमा आफ्नो जन्मदिन रहेको बताउदै आएका थिए ।

मियागावाले जति नयाँ प्रेमिका बनाउदै गए पनि आफ्ना पुराना कुनै प्रेमिकालाई छाडेनन् । उनी सबैलाई डेट गर्दथे । जो केवल मंहगा उपहार लिनकालागि उनले बनाएका थिए । मियागावा एक मार्केटिंग कम्पनीमा पार्ट टाइम काम गर्दथे । उनी घर घर पुगेर सामान बेच्दथे । यहीँबाट यी सबै युवतीसंग उनको भेट भएको थियो ।

उनको कर्तुतको खुलासा तब मात्र भयो जब उनका ३५ प्रेमिका मध्ये एकलाई उनीमाथि शंका भयो र प्रहरीमा उजुरी गरिन् । प्रहरीले पक्राउ गरेपछि उनको सबै कुराहरुको खुलासा भयो । मियागावाले सबै युवतीलाई विवाहको वचन दिएका थिए । अहिले उनी जापानी रोमियोको नामबाट चर्चित त छन् तर जेलमा छन् ।

प्रतिक्रिया