आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एक हप्ताभित्र उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन

प्रकाशित
384
SHARES

काठमाडौं । सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराइ वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न भनिएको छ । त्यस्तै उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ ।

कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् । भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ ।

भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीले बताए । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ । यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । भारतले ‘भारतीय भेरियन्ट’ भनिएकोमा आपत्ती नै जनाएको थियो । भारतको सन्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सन्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।

त्यस्तै भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । अत्याधिक धेरै संक्रमण फैलाउने यो भेरियन्ट ‘अति घातक’ भएको स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यो भाइरस भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भएको जनाइएको छ । अधिकारीहरुका अनुसार यो भेरियन्ट हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने छ । भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्रीले के भने?
रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ: “भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ।”

उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए। उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन्।

अन्य प्रकार
गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यूके/केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन्।

अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्। खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ। निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन।

सुरुको भाइरसबाटै ज्येष्ठ उमेर समूहका वा जोखिमपूर्ण स्वास्थ्य समस्या भएकाहरूमै जोखिम उच्च देखिन्छ। तर थप सङ्क्रामक र उत्तिकै खतरनाक हुने कुनै भाइरस खोप नलगाएका धेरै मानिसहरूमा फैलँदा त्यसले थप मृत्युहरू निम्त्याउँछ।

भियतनामको अवस्था के छ?
पछिल्ला सातामा भियतनाममा कोभिड-१९ का घटनामा उच्च वृद्धि देखा परेको छ। महामारी सुरु भएयता उक्त दक्षिणपूर्वी एसियाली मुलुकमा ६,७०० भन्दा बढी कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन्। तीमध्ये आधाभन्दा धेरै यसै वर्षको एप्रिल महिनापछि देखिएका हुन्। जोन्स हप्किन्स युनिभर्सिटीको विवरण अनुसार अहिलेसम्म त्यहाँ ४७ वटा कोभिड जोडिएका मृत्युका घटना पुष्टि भएका छन्।

प्रतिक्रिया